गायक आस्मान लोप्चनको ‘च्याङबा र मैच्याङ’ सार्वजनिक
काठमाण्डौं । गायक, शब्दकार तथा संगीतकार आस्मान लोप्चनको च्याङबा र मैच्याङ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका सिन्धुपाल्चोक चौताराका लोप्चन मौलिक गित संगितलाई एउटा उचाईमा पुर्याउनको लागि हरपल लागि परिरहेको देखिन्छ ।
विशेषगरी खान्दोके सेलो बिटको गीत संगीतमा निक्कै लोकप्रिय रुपमा स्थापित हुन सफल गायक लोप्चनले बिल्कुलै फरक रोमान्टिक गित “च्याङ्बा र मैच्याङ” पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। शनिबार चलचित्र बिकास बोर्डको हलमा आयोजित कार्यक्रम जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता, डा.टासी छिरिङ लामा र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको विशेष आतिथ्यता एवं सिन्धुपाल्चोक समाज नेपालका संस्थापक अध्यक्ष थुप्तेन ग्याल्वो मोक्तान लगायत सयौंको उपस्थितिमा गीतको सार्वजनिक गरिएको हो ।
“च्याङ्बा र मैच्याङ” मा शब्द ...

