समाचार

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आज सोमबारबाट सुरु भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थय मन्त्री किरण थापा मगरको सभा अध्यक्षता र मुख्य मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बहादुर सिंह लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाउने बताए । मुख्य मन्त्र लामाले नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने बताउदै मुलुकमा उद्योगधन्दा नखुल्ने अनी रोजगारीका अवसर भएन भनेर भन्नुको कुनै अर्थ नहुने बताए ।   यसै गरीस्वास्थ्य मन्त्री किरण थापा मगरले यो समिक्षा गोष्ठी संगै गतवर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने बताए । संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुप...
दक्षीण कोरियामा नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने

दक्षीण कोरियामा नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने

Breaking news 3, प्रवास, समाचार
दक्षीण कोरिया / दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा “ नमस्ते नेपाल् The first Globle culture Week Nepal" नामक नेपाल नेपाली जनजीवन खानपान नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने भएको छ। अक्टोबर द्दण् बाट सुरु भइ ज्ञ हप्ता चल्ने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ज्ञज्ञ पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका द्द पुस्तक र नेपाल् मा सम्भावित व्यापार ब्यावशाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनी हुने छ। नेपालको पर्यटन प्रवर्द्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा घ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीका नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनु भएको छ।...
बागमती सरकारले लक्ष्यको १० प्रतिशत मात्र राजस्व संकलन

बागमती सरकारले लक्ष्यको १० प्रतिशत मात्र राजस्व संकलन

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारले ३ महिनमा लक्ष्यको १० प्रतिशत अर्थात् ६ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सरकारले असोज मसान्त  सम्ममा लक्ष्यको १० प्रतिशत मात्र राजस्व संकलन गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । जस अनुसार प्रदेश सरकारका विभिन्न निकायहरूले आन्तरिक आय र बाह्य स्रोतबाट सङ्कलित राजस्व राजस्व भने आर्थिक वर्षको सुरुवाती ३ महिनामा १० प्रतिशत मात्र रहेको हो । प्रदेश सरकारले बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरेकोमा १२.९५ प्रतिशत (३ अर्ब ८२ करोड ८५ लाख ५६ हजार रुपैयाँ) सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुर बापत ४९ करोड ३८ लाख ६४ हजार रुपैयाँ (६.४१ प्रतिशत), मूल्य अभिवृद्धि कर १ अर्ब १९ करोड ५४ लाख ९ हजार (१३.८७ प्रतिशत), अन्त शुल्क कर ३९...
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

Breaking News 1, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
काठमाडौँ/ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले १८.४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।...
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै पोखरामा रास्वपाको आकस्मिक बैठक

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै पोखरामा रास्वपाको आकस्मिक बैठक

Breaking News 1, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो । बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ । रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ।...
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।...
हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख बराबरको तामाको तार चोरी

हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख बराबरको तामाको तार चोरी

Breaking News 1, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
हेटौंडा / हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ । उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले उक्त मूल्य बराबरको तामाको तार चोरी भएको हो । ‘कम्तीमा ४० लाख बढीको तामाको तार चोरी भएको छ, तर आलोचना होला भनेर गुपचुप राख्न खोजिएको छ,’ ती कर्मचारीले भने । हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरे । ‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने तामाको तार चोरी भएको छ । भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ । सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताए । मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ । अनलाईनखबरबाट,...
तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बताइएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको श्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।...
भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे राज्य व्यवस्था समितिमा छलफल

भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे राज्य व्यवस्था समितिमा छलफल

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरुलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । अनलाईन खबरबाट...
डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या ५

डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या ५

Breaking News 1, समाचार
डडेल्धुरा / डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"