समाचार

हेटौंडा ४ नम्बर वडा भदौ २८ गते बाल मैत्री घोषणा हुने

हेटौंडा ४ नम्बर वडा भदौ २८ गते बाल मैत्री घोषणा हुने

Breaking news 3, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बाल मैत्री घोषणा हुने भएको छ । भदौ २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त , बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गरिने भएको हो । बुधबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो बृहत शैक्षिक प्रदर्शनि तथा साँस्कृतिक कार्यक्रम सहित बाल मैत्री वडा घोषणा कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । बाल मैत्री स्थानिय शासन घोषणा हुन आवश्यक पर्ने ५१ वटा सूचकहरु मध्ये ४९ वटा सूचक १०० प्रतिशत र २ वटा सूचक ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै वडालाई बाल मैत्री घोषणा गरिने भएको छ । उक्त वडामा घरधुरी तथ्याङ्क संकलन २०७९ अनुसार १४ हजार ७ सय ३५ कुल जनसंख्या रहेकोमा ७ हजार ४०८ महिला र ७ हजार २३२६ पुरुष १ जना लैगिंक अल्पसंख्यक रहेका छन् । १८ बर्ष भन्दा भन्दा कम उमेरका बालबालिकाको संख्या भने ४ हजार २ सय ७० रहेको छ । जसमा २२५१ बालक र २०१९ बालिका रहेका ...
बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

Breaking news 3, राजनीति, समाचार
हेटौंडा/ नेपाली कांग्रेस भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका छन् । सोमबार १११ औँ बी.पी जयन्तिको अवसरमा ६० जना विरामीलाई फलफुल वितरण गरेको संघका अध्यक्ष हरी मुक्तानले जानकारी दिए । संघका अध्यक्ष मुक्तानको सभा अध्यक्षता र नेपालि कांग्रेस बागमती प्रदेशका सदस्य सम्फु लामाको प्रमुख आतिथ्यतामा फलफूल वितरण कार्यक्रम गरिएको बताएका छन् । यसै गरी नेपाल विद्यार्थि संघ मकवनपुरले बी.पी जयन्तिकै अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।   नेवि संघका केन्द्रिय सदस्य मिलन पुडासैनिको प्रमुख आतिथ्यमा र नेवि संघ मकवानपुरका सभापति सन्तोष चौलागाइ सभा अध्यक्षतामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा क्याम्पस हाता सरसफाइ गरेर समापन गरिएको संघका अध्यक्ष चौलागाईले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला सदस्य श्री कृश्ण  ढकाल को सं...
हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा घाइते उत्तमको उपचारका क्रममा मृत्यु

हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा घाइते उत्तमको उपचारका क्रममा मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा घाइते उत्तम गौतमको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते मध्य उत्तमको उपचारका क्रममा मृत्यु भएको हो । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षिय उत्तमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार सम्भब नभए पछी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा गएराती डाक्टरले मृत घोषणा गरेको थियो । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर दुइ जना घाइते भएका थिए।...
हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते

हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते

Breaking news 3, समाचार
हेटौंडा / हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते भएका छन् । हेटौंडा १७ हटिया मा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार बकैया ४ का ४४ वर्षिय प्रभाब गौतम र सोही स्थानका ४६ वर्षिय उत्तम गौतम गम्भिर घाइते भएका हुन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर गौतम घाइते भएका हुन् । मोटरसाइकलमा पछाडी सवार सोही स्थानका ४६ वर्षिय उत्तम गौतम गम्भिर घाइते भएका छन् । घाइतेलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछी भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

समाचार
काठमाडौं / नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका(१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैंडाकोट ११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।...
बागमती प्रदेशका प्रमुख सचिब गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

बागमती प्रदेशका प्रमुख सचिब गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका प्रमुख सचिब गोबिन्दबहादुर कार्कीलाई सरकारले सहसचिव सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएपछि एक सचिव पद रिक्त थियो । सचिवमा बढुवा भएका कार्की ५ महिनादेखि बाग्मती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव थिए । गत १८ भदौमा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो । समितिले शिक्षा मन्त्रालयका डा। कमलप्रसाद पोखरेलसहित गोविन्दबहादुर कार्की र लुम्बिनी प्रदेशको कामु प्रमुख सचिव महादेव पन्थको नाम सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । पोखरेल र पन्थलाई छाडेर सरकारले कार्कीलाई सचिवमा ब...
जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

अपराध/ अनुसन्धान, अर्थ, समाचार
काठमाडौँ / सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु [जीबी] राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोललाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी०मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।...
हेटौंडा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ राप्तिपुल स्थित पुर्व पश्चिम सडक खण्डमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नवलपुरबाट हेटौडा बजार तर्फ आउँदै गरेको ना १५ प ४१५७ नंबरको मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०२५७ नंबरको म्याजिकले ठक्कर दिँदा मोटरसाइकल चालक हेटौडा –११ थानाभर्याङ बस्ने २६ वर्षिय श्रीराम परियारको मृत्यु भएको हो । म्याजिकको ठक्करबाट घाइते भइ हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।...
कंगोमा जेल फोरेर भाग्ने क्रममा १३० कैदीको मृत्यु

कंगोमा जेल फोरेर भाग्ने क्रममा १३० कैदीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
कंगो / अफ्रिकी महादेशको मध्यभागमा रहेको देश कंगोको मुख्य जेलबाट भाग्ने क्रममा १३० जना कैदीको मृत्यु भएको छ । यो घटना कंगोको सबैभन्दा ठूलो जेल माकालामा भएको हो । मृतकमध्ये अधिकांशको मृत्यु भागदौडका कारण भएको बताइएको छ । सोमबार बिहान किन्शासाको मकाला जेलबाट भाग्न खोजिरहेका २४ कैदीहरूलाई चेतावनी दिएपछि गोली हानिएको थियो । यसपछि कारागारमा भागदौडको अवस्था सिर्जना भएको कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीले माइक्रो ब्लगिङ वबेसाइट एक्समा भनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । यस घटनामा ५९ जना घाइतेलाई अस्पताल लगिएको बताइएको छ । यस घटनामा महिलाहरूको बलात्कार भएका पनि बताइएको छ ।...
मंगलबार ६.९४ अंकले बढ्यो नेप्से

मंगलबार ६.९४ अंकले बढ्यो नेप्से

अर्थ, समाचार
काठमाडौँ / सेयर कारोबार मापक नेप्से परिसूचक ६/९४ अंकले बढेको छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । आज - मंगलबार ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । कुल १ लाख ४४ हजार १९७ पटकको सेयर किनबेचबाट १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ । कुल १३ उपसमूहमध्ये ८ उपसमूह घट्यो भने ५ उपसमूह बढ्यो । बढ्ने उपसमूहहरूमा निर्जीवन बिमा ६४९/८० अंकले बढ्यो । जीवन बिमा ३१८/३१ अंक र विकास बैंक ७४/०८ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा फाइनान्स उपसमुह ५८/४६ अंक र हाइड्रोपावर १७/६९ अंकले घट्यो । एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लुघवित्त वित्तीयस संथा, मानुषि लघुवित्त वित्तीय संस्था, विन्धाबासिपनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"