समाचार

त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

Breaking news 3, समाचार
धादिङ / धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार च...
कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।...
गाउँपालिकाका अध्यक्ष सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाउँपालिकाका अध्यक्ष सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार
काठमाडौँ/ बाटोको नाप जाँच नै नगरी नक्कली बिल भरपाई बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेपछि हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाले योजनाको नाप जाँचै नगरी उपभोक्ता समिति खडा गरेर १० लाख २९ हजार तीन सय २५ रुपैयाँ भुक्तानी गरेको आयोगले जनाएको छ । उनीहरूले निर्माण योजनामा उक्त कार्यको नाप जाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गर्न लगाएका थिए । कामै नगरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झु...
कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

कैलाशका गर्भवती महिलालाई पौष्टिक आहार वितरण

Breaking News 1, पालिका, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा/ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७ स्थित स्थास्थ्य चौकीमा पालिकाका गर्भवती महिलाहरुलाई १२ थरीका पौष्टिक आहार वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र नव जात शिशुको स्वास्थ्यमा असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो । प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिँदै आएको अध्यक्ष मोक्तानले बताए । कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार...
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु

बागमती प्रदेश, समाचार
चितवन / चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।...
आज देशका मौसम आंशिक बदली

आज देशका मौसम आंशिक बदली

समाचार
काठमाण्डौ / आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आज दिउँसो र राति पनि मौसम आंशिक बदली नै रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बदली रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।...
शालिनको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान सुरु

शालिनको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान सुरु

समाचार
काठमाडौँ / छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, अनुसन्धान प्रभावित हुने कुनै ...
नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । रातोपाटीबाट  साभार...
भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

समाचार
जलेश्वर / महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।...
पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Breaking News 1, कोशी प्रदेश, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ ।   यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो । किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्र...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"