समाचार

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा  विमान दुर्घटना हुदा २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुदा २८ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी / दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो । योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ। त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।...
उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने : उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार घिमिरे

उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने : उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार घिमिरे

Breaking News 1, समाचार
हेटौंडा/ उद्योग वाणिज्य संघ मकवानपुरको निर्वाचन यही पुष २७ गते हुदैँ छ । निर्वाचनको अनिल अग्रवालको प्यानल निर्वाचनका लागि अध्यक्षका उम्मेदवार अनिल अग्रवालको प्यानलले मनहरीका उद्योगी तथा व्यवसायीहरुको समस्याको समाधानमा सधै लगि पर्ने जनाएका छन् । शुक्रबार घर दैलो कार्यक्रम अभियान अन्तर्गत व्यवसायी उद्योगी संग संगै रहेर उनिहरुको हितका लागि काम गर्ने बताएका छन् । यसै गरी चुनावी अभियानमा अन्तर्गत नै उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र प्रसाद घिमिरेले उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने बताएका छन् । उक्त अभियानमा  वाणिज्यतर्फको सचिव पदका उम्मेदवार दिवस पराजुली, सहकोषाध्यक्षको उम्मेदवार राधिका सामरी पाण्डे तथा सदस्यका उम्मेदवार रविन ढकाल, यज्ञबहादुर राय विनोद, बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल लगायतले सर्बले उद्योग व्यसायीकै हक हितका लागि काम गर्न पछि नपर्ने ...
दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति हान डक सूविरुद्ध  संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित

दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति हान डक सूविरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं / दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक(सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ । गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक(सू कार्यवाहक राष्ट्रपति बनेका थिए । महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।...
“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज, स्वास्थ्य
दक्षिण कोरिया । लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको उपचारको लागि सहयोगार्थ लाबा ग्रुप दक्षिण कोरिया र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सयुक्त रुपमा सञ्चालन गरेको सहयोग भभियान बाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ । गायिका गोले विगत २ वर्ष अघि देखि प्राण घातक रोग क्यान्सर संग लडिरहनु भएको थियो । लामो समय सम्म उपचार गर्नुपर्दा आर्थिक भार परेपछि नेपाल तामाङ कलाकार संघ र अन्य केही संस्थाहरुले विश्वव्यापी सहयोग अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत दक्षिण कोरियामा लाबा ग्रुप र घेदुङको सहकार्यमा आन्तरिक रुपमा सहयोग अभियान सञ्चालन गरेको थियो । अभियान बाट संकलन भएको ३० लाख १२ हजार ३ सय ३३ कोरियन वन रकम सुक्रबार अभियान संयोजक योगेश लामाको खातामा जम्मा गरिदिएको हो । सुक्रबारको सटही दर अनुसार २ लाख ७७ हजार ५ सय १८ रुपैयाँ बराबर रकम नेपालमा जम्मा भएको छ । दक्षिण कोरियाको ...
सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिन सक्षम छौं – बाउन्सर टिम

सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिन सक्षम छौं – बाउन्सर टिम

Breaking News 1, समाचार
दक्षिण कोरिया/ दक्षिण कोरियामा विगत सलनालदेखि Seven Star Bouncer Team सक्रिय रूपमा अगाडि बढिरहेको छ। नेपालमा तालिम प्राप्त र काम गर्ने इजाजत पाएका उनीहरू रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका हुन् । यसै सिलसिलामा, दक्षिण कोरियामा रहेर नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रम जस्तै सांगीतिक कार्यक्रम, डान्स पार्टीलगायत अन्य कार्यक्रमहरूमा अवसर पाए मज्जाले काम गर्ने उनीहरूको मनसाय छ। केही महिना अगाडि मात्र दक्षिण कोरियाको महान् पर्व छुसकको अवसरमा भएका विभिन्न सांगीतिक कार्यक्रमहरूमा उनीहरूले आफ्नो सक्रिय भूमिका देखाइसकेका छन्। कार्यक्रमलाई व्यवस्थित, भयमुक्त र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आफ्नो टिमले महत्वपूर्ण भूमिका खेल्ने उक्त टिमका प्रमुख Tyson Raju ले बताउनु भएको छ। कार्यक्रमको महिमा र गरिमालाई कायम राख्न हामी कार्यक्रम आयोजकका लागि महत्वपूर्ण हुने अर्का बाउन्सर अनमोल लिम्बूले बत...
‘ए ङाला ह्राङ्बा माया’ चलचित्रको हेटौंडामा विशेष प्रिमियर शो हुदैँ

‘ए ङाला ह्राङ्बा माया’ चलचित्रको हेटौंडामा विशेष प्रिमियर शो हुदैँ

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुष २० गते हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । शनिबार चलचित्र निर्माण टिमले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै शो हुने सम्बन्धमा जानकारी गराएको हो । उक्त चलचित्र हेटौंडाको ओम्याक्स हलमा शो हुने चलचित्र निर्माता तथा चलचित्रका नायक हुत्त सञ्जय लामाले बताए । प्रेम कथामा आधारित रहेको र बहु विवाहले निम्त्याएका समस्याहरुलाई चलचित्रमा देखाउन खोजेको निर्देशक लामाले बताए । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको लामाले जानकारी दिए । यसै गरीचलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह(निर्देशकको भुमिका निभाएका छन् । कार्यक्रमा तामाङ पत्रकार संघं बागमती प्रदेश, ज्ञानेन्द्र लामा, सचीव...
काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

Breaking News 2, समाचार
हेटौँडा / काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । सडक विभागले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने जनाएको छ ।...
बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन आज सूचना समेत जारी गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् । स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उस...
भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् । मृतकका परिवारलाई राज्य सरकारले ५÷५लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिनुभएको छ । नौसेनाको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुङ्गामा ठोक्किएको खबरमा उल्लेख छ ।...
एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

Breaking News 1, खेलकुद, मधेस प्रदेश, समाचार
काठ्माण्डौ/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"