समाचार

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ १६ फागुन÷मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम बुधबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु तालिमको समापन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागूगर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए । तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सहसचिव भोगेन्द्र लुईटेल, सञ्चालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, ब्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो । तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत ३० जनाको सहभागिता रहेको थियो ।...
सहकारीको १२ लाख ८१ हजार रुपैयाँ चोरी

सहकारीको १२ लाख ८१ हजार रुपैयाँ चोरी

Breaking News 1, समाचार
विराटनगर/ मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका–२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो । मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।...
मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा/ बृहत मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ समपन्न भएको छ । मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा ४ स्थित हुप्रा चौरमा कार्यक्रम सञ्चालन भएको हो । बागमति प्रदेश सरकार शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष शन्देश तुम्सिङ मगरको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रद्धशन भएको थियो भने सँस्कृति झल्काउने मगर पोषाक र प्रचलित बाजाहरुको स्टल राखी प्रद्धर्शन समेत गरेको थिए । मगर समुदायमा प्रचलित परिकारहरुको स्टल राखी प्रद्धर्शन र बिक्री बितरण समेत गरेको थिए । कार्यक्रममा शयौ मगर समुदायका नागरिक संगै गैर मगरहरुको पनि उपस्थत रहेको थियो ।...
पिपिआर रोग नियन्त्रण खोप अभियान १६ गते देखि सुरु

पिपिआर रोग नियन्त्रण खोप अभियान १६ गते देखि सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताव्यापी खोप अभियान सुरु हुदै छ । फागुन १६ गते भोलि देखि खोप अभियान सुरु हुने कृषि तथा पशुपन्छि मन्त्रालय बागमति प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पिपिआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रात्मक रोग भएकोले बागमति प्रदेशका १३ वटै जिल्लामा खोप अभियान एकै साथ सञ्चालन हुने भएको छ । यस आर्थिक बर्ष २०८०/ ८१ मा १२ लाख ६९ हजार खोप मात्रा रहेकोमा १३ लाख ५० हजार सप्ताव्यापि खोप कभरेज गर्ने लक्ष्य लिएको बागमति प्रदेश पशु पन्छि मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताए । यसै गरी गत आर्थिक बर्ष २०७८/ ७९ मा ११ लाख ९० हजार खोप मात्रा रहेकोमा ८ लाख ३० हजार १८७ खोज कभरेज भएको थियो भने गत आर्थिक बर्ष १२ लाख ९४ हजार खोप मात्रा रहेकोमा ९ लाख ७९ हजार ९२९ खोप कभरेज भएको उनले जानकारी दिए । पिपिआर रोग नियन्त्रण तथा रोक थाम गर्न...
मनहरी ६ का वडा अध्यक्ष माथि हातपात

मनहरी ६ का वडा अध्यक्ष माथि हातपात

बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलिया माथी हातपात भएको छ ।   सोमबार अध्यक्ष माथि सोही वडा बासी मान बहादुर वाईबाले हातपात गरेको हो । आफ्नो खेत खोलाले बगाउँदा समेत सुरक्षाको कुनै उपाय नअपनाईएको भन्दै अध्यक्ष माथि हातपात गरेको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताए । वाईबालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।  ...
कोशी प्रदेश : एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी खर्च, ८ वटा कानून निर्माण

कोशी प्रदेश : एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी खर्च, ८ वटा कानून निर्माण

Breaking news 3, कोशी प्रदेश, समाचार
काठमाडौं / कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेश सभाले हालसम्म आठ वटा कानून निर्माण गरेको हो । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पछिल्लो १४ महिनाको अवधिमा चार वटा प्रदेश सभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४६ वटा बैठक बस्यो । जसमा ११ वटा विधेयक दर्ता भए । आठवटा प्रमाणीकरण भएका छन् भने तीनवटा विधेयक निष्क्रिय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । कोशी प्रदेश सभामा प्रतिवर्ष २० करोड ५४ लाखको हाराहारीमा खर्च हुने गरेको छ । प्रदेश सभाको पहिलो पाँच वर्षमा जम्मा एक अर्ब दुई करोड ७० लाख ३४ हजार खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसमा प्रदेश पदाधिकारी, प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, स्वकीय सचिव, प्...
३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 2, समाचार
काठमाडौँ / झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।मक नगरपालिकास्थित तत्कालीन १३ र १४ वडा (हालको वडा नं. ८) मा फैलिएको खोला किनारको ५८ बिघा १४ कट्ठा १७ धुर जग्गा हिनामिना अभियोगमा मााओवादी कोशी प्रदेश कमिटी कोषाध्यक्षसमेत रहेका पुरीसहित १ सय ३८ जनालाई बिगो, कैद र जरिवाना तथा २ स...
सुन तस्करीमा संलग्न रहेको आरोपमा गुरुङ पक्राउ

सुन तस्करीमा संलग्न रहेको आरोपमा गुरुङ पक्राउ

Breaking News 1, समाचार
काठमाडौं / डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । रातोपाटी बाट साभार गरिएको...

क्रिकेट विश्वकप लिग २ मा नेपालको खराब नतिजा

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / नेपालले निकै खराब नतिजाका साथ क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंगाएको छ । कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएको नेपाललाई आइतबार नेदरल्यान्ड्सले ८ विकेटले पराजित ग¥यो । पालले लिग २ को घरेलु शृंखलामा एउटा शृंखलामा दुई खेल जित्न नसेकेको यो पहिलो अवसर हो । सन् २०२० मा अमेरिका र ओमानविरुद्धको लिग २ को घरेलु शृंखलामा नेपालले २ खेलमात्र जित्न सकेको थियो । नेपालले ओमानसँगको दुवै खेलमा पराजय बेहोरे पनि अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो । त्यसपछि नेपालले २०२३ मा स्कटल्यान्ड र नामिविया तथा यूएई र पपुवा न्यु गिनीविरुद्धको लिग २ को दुई फरक शृंखलाको सबै ८ खेल जितेर ‘क्लिन स्विप’ गरेको थियो । २०१९–२३ को लिग २ को साइकलमा घरेलु मैदानमा खेलिएको १२ मध्येको १० खेल जितेर नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएका थियो । ईकान्पिुरबाट साभार गरिएको...
राजनीतिक दलले अपमान गरेको-निर्माण व्यवसायी संघ मकवानपुरको आरोप

राजनीतिक दलले अपमान गरेको-निर्माण व्यवसायी संघ मकवानपुरको आरोप

Breaking news 3, समाचार
हेटौंडा/ निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकाका राजनीतिक दलले अपमान गरेको आरोप लगाएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेको ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद प्रकट गरेको हो । मनहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले २०८०÷११÷११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको ध्यानाकर्षण भएको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’ संघ अध्यक्ष बालगोपाल कडेँलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"