हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं
हेटौंडा/ नेपाल स्पोर्ट सेन्टर (नेकोस) का आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, साथै मधेश, गण्डकी र बागमती प्रदेश लगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यसै गरी स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार भलिबलतर्फ प्रथम पुरस्कार ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना पुरस्कार ५१ हजार, साथै ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद प्रदान गरिने छ ।
यस्तै स्केटिङतर्फ प...






