Breaking news 3

हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते

हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते

Breaking news 3, समाचार
हेटौंडा / हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाईते भएका छन् । हेटौंडा १७ हटिया मा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार बकैया ४ का ४४ वर्षिय प्रभाब गौतम र सोही स्थानका ४६ वर्षिय उत्तम गौतम गम्भिर घाइते भएका हुन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर गौतम घाइते भएका हुन् । मोटरसाइकलमा पछाडी सवार सोही स्थानका ४६ वर्षिय उत्तम गौतम गम्भिर घाइते भएका छन् । घाइतेलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछी भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
Fonemoney पैसा डबलको छैठौं विजेता चयन

Fonemoney पैसा डबलको छैठौं विजेता चयन

Breaking news 3, अर्थ, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया / सेप्टेम्बर ५। Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका छैठौं विजेता चयन भएका छ । सोमबार कम्पनीको डिजिटल लक्की ड्र मार्फत धर्मराज गौतम बिजेता चयन भएका हुन। यस अघि पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ,तेश्रो हप्ता अर्जुन खड्का विजयी भएका थिए । त्यसपछि चौथो सातामा पवन खरेल र पाचौ सातामा राजभाई लामा र यो सोमबार छैठौ साताको विजेतामा गौतम चयन भएका हुन्। यो सोमबारबाट आईतबार सम्म पैसा पठाउनेमध्येबाट आगामी सोमबार सातौं विजेता चयन हुनेछ । Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “Fonemoney साथमा, 1 Crore ह...
८४ को निर्वाचन एक्लै लड्नुपर्छ-प्रधानमन्त्री ओली

८४ को निर्वाचन एक्लै लड्नुपर्छ-प्रधानमन्त्री ओली

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन् । ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’ अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए । रातोपाटीबाट...
३६ बर्षीया नानुमायाको शव बारा जिल्लामा फेला

३६ बर्षीया नानुमायाको शव बारा जिल्लामा फेला

Breaking news 3, समाचार
हेटौँडा/ पूर्वी मकवानपुरको क्षेत्र भएर बग्ने बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ । बकैया ६ की तितुङको शव बारा जिल्लामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनकोे शव सोमबार दिउँसो बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाको किनारमा फेला परेको मकवानपुर प्रहरी जानकारी दिएका हुन् । बैदेशिक रोजगारीका लागी विदेश जान लागेका छोरा छिरिङ तितुङलाई निजगढ पुर्याएर घर फर्किदै गरेकी उनलाई आइतबार बिहानै बकैयामा आएको बाढीले बगाएको थियो । उनि ३६ बर्षकी थिईन् ।...
सवारी साधन दुर्घटनामा हेटौंडा ९ का सुवेदीको मृत्यु

सवारी साधन दुर्घटनामा हेटौंडा ९ का सुवेदीको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा / हेटौंडा उपहानगरपालिका वडा नम्बर–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ । नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३९००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२९०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।...
र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा 'ह्याप्पी छुसक नाइट-२०२४'आयोजना हुने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउदो सेप्टेम्वर १६ तारिकको साँझ ह्याप्पी छुसक नाइट कार्यक्रमको आयोजना गर्ने भएको हो। कार्यक्रममा चर्चित र्‍यापर डिएनएक्स, दोर्जे जोजो, अनिश केसी र डिजे एपी तेन्जिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । सेप्टेम्वर १६ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम दक्षिण कोरिया स्थित 서울 성북구 동소문로20 나길 47  मा हुने छ । आयोजकले कार्यक्रममा सहभागि भएर मनोरञ्जन लिनको लागि आह्वान समेत गरेको छ । अहिले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको जनाएको छ ।...
प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान, रोजगारी दिने मेयरको प्रतिबद्धता

प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान, रोजगारी दिने मेयरको प्रतिबद्धता

Breaking news 3, समाचार
हेटौँडा/ भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ’हेर्ने कथा’ मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो । आइतबार प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उज्यालोलाई जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उहाँको योग्यताअनुसारको रोजगारी दिने बताउनुभएको छ । ‘विभिन्न दाताहरूले उहाँको घर बनाउने का...
ख्याति प्राप्त गायक तितुङको “गोरी गोरी नक्कलि” गित सहितको म्युजिक भिडियो  सार्वजनिक

ख्याति प्राप्त गायक तितुङको “गोरी गोरी नक्कलि” गित सहितको म्युजिक भिडियो  सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ सेलो जगतको ख्याति प्राप्त गायक प्रकाश तामाङ तितुङको "गोरी गोरी नक्कलि" बोलको गित सार्वजनिक भएको छ । शुक्रबार प्रकाश तामाङ तितुङको अफिसियल युटुव च्यानलमा गित सहितको म्युजिक भिडियो  सार्वजनिक भएको हो । गायक तितुङ संगै गितमा बिलिनाको आवाज रहेको छ । गितको ध्वनिलाई स्तरीय बनाउनको लागि दिपेश प्रधानले मिक्सिङ र मास्टरिङ गरेका छन् । गोरी गोरी नक्कलि बोलको म्युजिक भिडियोमा मोडल समिर तामाङ र ईन्डोनेसियन कलाकार बेलिनाको अभिनय रहेको छ । गितको भिडियो छायाङकने रामेश्वर हुम्मागाईले गरेका छन् भने राकेश दाहालले सम्पादन र रंग संयोजन गरेका छन् ।...
खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

Breaking news 3, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ मा रहेको गौरीटार रंगशालास्थित खेलकुद पूर्वाधार निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री महर्जनले सम्बन्धित कार्यालयका प्रमुख, निर्माण व्यवसायी कम्पनीका प्राविधिक लगायतको टोलीसँगै आज रंगशालाको स्थलगत अवलोकन गरी निर्माण कार्य चाँडै सम्पन्न गर्न र मर्मत सम्हारतर्फ पनि ध्यान दिन निर्देशन दिएका हुन् । खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन कठिनाई भएको भन्दै यथासक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । वर्षौैँ अघि सुरु भएतापनि हालसम्म निर्माणको कामले पूर्णता नपाउँदा निर्माणाधिन संरचनामा समेत टुटफुट तथा अन्य समस्या देखिएको छ । प्याराफिटमा राखिएका कुर्सीहरु भाँचिएका छन् भने ढोकाहरु कुहिने अवस्थाम...
‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुँदै

‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिदै गरेको कोरियन चाड छुसकको अवसरमा 'नाना आङा धिम सहयोगार्थ' सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ। बिगत ६ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यसपालि छुसकको पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथमा हुने भएको हो। ख्यङसाङ बुसान क्षेत्रमा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोगमा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २ मान वन तोकिएको छ । किम्हे 시장 एनएच बैंक अगाडि बाटट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको जनाएको छ । कार्यक्रम 김해시 가야로 २०२ मा हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले बताएका छन् । विशेष गरी दक्षिण कोरियाको किम्हे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"