हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
मकवानपुर, जेठ १२/ मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोलस्थित तरकारी मण्डि नजिकै डेरा गरी बस्ने ४२ वर्षीया ओम कुमारी भुजेलको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल हेटौंडामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले श्रीमती ओम कुमारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो । अस्पताल पु¥याइएकी भुजेललाई चिकित्सकले बिहान ११ः०० बजे मृत घोषणा गरेका थिए । मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम सहितका गम्भीर चोटहरू देखिएको अस्पताल स्रोतले जनाएको छ।कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको ...








