सिम्लाङ घोषणापत्र- जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल
हेटौंडा / नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल गरेको छ ।
पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकासका लागि जारी गरेको घोषणापत्रमा सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई महासंघले आग्रह गरेको हो । फागुन २२ र २३ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले जारी गरेको ८ बुद्धे सिम्लाङ घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका र हुनसक्ने सबैखालका हस्तक्षेपको महासंघले विरोध गर्ने उल्लेख छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन स्थानीय तथा प्रदेश सरकारसमक्ष महासंघले माग समेत गरेको छ । समानुपातिक विज्ञापन नीति लागु गर्नु...








