Breaking News 2

भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं- ६ जुरीखेतमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए । जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ । यसमा तपाइको मत...
कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत गार्ड मृत भेटिए

कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत गार्ड मृत भेटिए

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार
विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।...
वाईसीएल हेटौँडाद्वारा सहीद परिवार सम्मान

वाईसीएल हेटौँडाद्वारा सहीद परिवार सम्मान

Breaking News 2, समाचार
हेटौंडा/ १७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ । योङ कम्युनिष्ट लिग ९वाईसीएल० हेटौँडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहीद भएका हेटौंडा उपमहानगरपालिका वडा नं- १७ का ४ सहीदका परिवारलाई नगद ३ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको वाईसीएल हेटौँडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले बताए । मंगलबार बिहान सम्पन्न सम्मान कार्यक्रममा उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि गौतमले सहीदको सपना पुरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बाताए । उनले गणतन्त्र स्थापनामा सहीदको भूमिका महत्वपूर्ण रहेका बताए । सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, वाईसीएल जिल्ला संयोजक ल...
‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
म्याजिकको ठक्करबाट विकको मृत्यु

म्याजिकको ठक्करबाट विकको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /  हेटौंडा –३ स्थित तिनतीप्के नजिक म्याजिकको ठक्करबाट श्याम बहादुर विकको मृत्यु भएको छ । पूर्वपस्चिम राजमार्ग अन्तरगत तीनताप्केमा नेवारपानीबाट लेवट तर्फ जादै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा हेटौंडा –१२ बनस्पति बस्ने अन्दाजी ५५ वर्षिय विकको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ठक्कर दिने म्याजिक र चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ।...
नेपाल र कोरियाबीचको ५० औं वर्षगाठको अवसरमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सम्पन्न

नेपाल र कोरियाबीचको ५० औं वर्षगाठको अवसरमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सम्पन्न

Breaking News 2, प्रमुख समाचार, प्रवास, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती तथा नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सुक्रबार दक्षिण कोरियामा सम्पन्न भएको छ । दक्षिण कोरिया स्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, अन्तराष्ट्रिय साँस्कृतिक गुण रणनीति केन्द्र र बुद्धिजम् सम्बन्धी अध्ययन अध्यापन हुने दोङ्गुक विश्वविद्यालयको सयुक्त आयोजनामा नेपालमा बौद्ध धर्म सम्बन्धी विषयक गोष्ठी सम्पन्न भएको हो । दोङ्गुक विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा नेपाल र दक्षिण कोरियाली प्रतिनीधीहरुको बाक्लो सहभागिता रहेको थियो । गोष्ठीमा नेपालको तर्फबाट नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईले स्वागत मन्तव्य राख्नुका साथै लुम्बिनी कलेव अफ बुद्धिजम एण्ड हिमालय स्टडिज नेपालका कर्यकारी अध्यक्ष प्राध्यपक डाक्टर...
मकवानपुरमा टाटा सुमो दुर्घटना हुदा ६ जना घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुदा ६ जना घाइते

Breaking News 2, समाचार
 हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बिहिबार  टाटा सुमो दुर्घटना हुदा  ६ जना घाइते भएका छन्। भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ज ०२८० नम्बरको सुमो आफै अनियन्त्रित भएर बाटोको छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। यो कुरा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बताएको छ। दुर्घटनामा घाइते हुनेहरूमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय समिर रहमान, कटहरिया वडा नम्बर २ बस्ने २६ वर्षीया मनिषा ठाकुर, त्यही ठाउँ बस्ने २४ वर्षीय शेख जोबर, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीया मन्जु तामाङ, सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीया अनिता तामाङ र त्यही ठाउँ बस्ने २९ वर्षीया सर्मिला तामाङ छन्। सबै घाइतेहरूलाई भीमफेदी स्वास्थ्य चौकीमा उपचार गरिएपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।...
गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।...
बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?

बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?

Breaking News 2, बागमती प्रदेश, समाचार
अञ्जना तामाङ  हेटौंडा / बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गरेका प्रगतिहरु प्रस्तुत गरेका छन् । मन्त्रि श्रेष्ठले २०८० जेठ ७ गते देखि हाल सम्म गरेका प्रगति तथा उपलब्धीहरु मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठले एक बर्षको कार्यकालमा गरेका नीतिगत उपलब्धीहरु : १) प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक, २०८० बागमती प्रदेश सभामा पेश भई विषयगत समितिमा छलफल गरिएको । २) मन्त्रालयको आ.व. ०८०/८१ को लागि नीति तथा कार्यक्रम तयार गरी वार्षिक बजेट निर्माण गरिएको । ३) एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापनाको लागि चालू आ.व. मा बजेट र कार्यक्रम समावेश गरिएको । ४) बागमती प्रदेशको दोस्रो आवधिक योजना २०८१/८२/२०८५/८६ को मस्यौदा तयार भई अन्तिम चरणमा रहेकोमा कृषि मन्त्रालयको तर्फबाट समावेश गर्नको लागि मुख्य १...
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीको टोलीले पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए । आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको सिरोहियाले प्रस्ट पारे । ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शङ्का छैन,’ सिरोहियाले विज्ञप्तिमा उल्ले...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"