Breaking News 2

मकवानपुरमा टाटा सुमो दुर्घटना हुदा ६ जना घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुदा ६ जना घाइते

Breaking News 2, समाचार
 हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बिहिबार  टाटा सुमो दुर्घटना हुदा  ६ जना घाइते भएका छन्। भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ज ०२८० नम्बरको सुमो आफै अनियन्त्रित भएर बाटोको छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। यो कुरा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बताएको छ। दुर्घटनामा घाइते हुनेहरूमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय समिर रहमान, कटहरिया वडा नम्बर २ बस्ने २६ वर्षीया मनिषा ठाकुर, त्यही ठाउँ बस्ने २४ वर्षीय शेख जोबर, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीया मन्जु तामाङ, सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीया अनिता तामाङ र त्यही ठाउँ बस्ने २९ वर्षीया सर्मिला तामाङ छन्। सबै घाइतेहरूलाई भीमफेदी स्वास्थ्य चौकीमा उपचार गरिएपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।...
गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।...
बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?

बागमती प्रदेशका कृषि मन्त्रि राजेन्द्रमान श्रेष्ठले एक बर्षमा के/के प्रगति गरे ?

Breaking News 2, बागमती प्रदेश, समाचार
अञ्जना तामाङ  हेटौंडा / बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गरेका प्रगतिहरु प्रस्तुत गरेका छन् । मन्त्रि श्रेष्ठले २०८० जेठ ७ गते देखि हाल सम्म गरेका प्रगति तथा उपलब्धीहरु मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठले एक बर्षको कार्यकालमा गरेका नीतिगत उपलब्धीहरु : १) प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक, २०८० बागमती प्रदेश सभामा पेश भई विषयगत समितिमा छलफल गरिएको । २) मन्त्रालयको आ.व. ०८०/८१ को लागि नीति तथा कार्यक्रम तयार गरी वार्षिक बजेट निर्माण गरिएको । ३) एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापनाको लागि चालू आ.व. मा बजेट र कार्यक्रम समावेश गरिएको । ४) बागमती प्रदेशको दोस्रो आवधिक योजना २०८१/८२/२०८५/८६ को मस्यौदा तयार भई अन्तिम चरणमा रहेकोमा कृषि मन्त्रालयको तर्फबाट समावेश गर्नको लागि मुख्य १...
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीको टोलीले पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए । आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको सिरोहियाले प्रस्ट पारे । ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शङ्का छैन,’ सिरोहियाले विज्ञप्तिमा उल्ले...
चोरीको आरोपमा हेटौंडा १८ का खतिवडा पक्राउ

चोरीको आरोपमा हेटौंडा १८ का खतिवडा पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / हेटौंडामा नगद रकम, गरगहना सहितका सामान चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका गोपि थापाको घरको झ्याल फुटाई कोठा भित्र रहेको नगद रकम, गरगहना र सामान चोरीको आरोपमा हेटौडा १८ बस्ने १७ वर्षिय नबिन खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । थापाको घरमा दराजबाट नगद तीन लाख, सुन १ तोला, मोबाईल १ थान, हाते घडी थान –२ चोरी भएको भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेश सरकारले जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आईतबार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने बिषयमा जानकारी दिएको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।...
एनसीसी रनिङ भलिबल कप-२०२४ जुन ९ मा हुदै, टिम दर्ता समय जुन २ सम्म

एनसीसी रनिङ भलिबल कप-२०२४ जुन ९ मा हुदै, टिम दर्ता समय जुन २ सम्म

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा एनसीसी रनिङ भलिबल कप २०२४ हुने भएको छ । प्रथम पुरस्कार २५ लाख वन रहेको उक्त भलिबल प्रतियोगिता ९ जुन २०२४ मा हुन लागेको हो । सुवनको आजु विश्वविद्यालयको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगितामा सहभागि हुनको लागि २ जुन २०२४ सम्म टिम दर्ताको लागि समय तोकिएको छ । प्रतियोगितामा भाग लिनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । सुरक्षित जिवन स्वास्थ्यमा ध्यान, खेलकुदमा बिकास राष्ट्रलाई देन भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आयोजकले सार्वजानिक रुपमा आह्वान गरेका छन् । प्रतियोगितामा द्धितिय हुने समुहलाई नगद १५ लाख वन प्रदान गरिनुका साथै सान्त्वना पुरस्कारको रुपमा ५ लाख वन प्रदान गरिने छ । पछिल्लो समय दक्षिण कोरियमा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिण्टन, पुल जस्ता थुप्...
‘जिउ लाग्ने’ बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक

‘जिउ लाग्ने’ बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । गायक सुरेश लामा र गायिका निर्मला घिसीङको स्वरमा सजिएको 'जिउ लाग्ने' बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक भएको छ । मंगलबार पीएस क्रिएशन नामक युट्युब च्यानल मार्फत गीतको भिडीयो सार्वजनिक गरिएको हो । कुमार स्याङबाको शब्दमा गायक तथा संगीतकार छेटुप मोक्तानले उक्त गीतको संगीत गरेका छन् । गीतको एरेञ्ज फडिन्द्र राईले गरेका छन् भने सुमन खड्काले मिक्सीङ मास्टरीङ गरेका छन् । गीतको भिडीयोमा गायक तथा मोडल आरम्भ लामा, मोडल रोहनी लामा र सुब्बा लामाले अभिनय गरेका छन् । भिडीयोलाई प्रतिक न्यासुरले निर्देशन गर्नुका साथै जिबन बास्कोटाले छायांकन गरेका छन् । भिडीयोको सम्पादन अमृत चापाँगाईले गरेका छन् । भिडीयो सहित..... https://youtu.be/BjB9lXwMKc4?si=RMRXE0JhDLzRS-mO...
प्रतिनिधि सभा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबिच  भेटवार्ता

प्रतिनिधि सभा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका सभामुख घिमिरेले छलफल गर्नुभएको हो । भेटवार्तामा संसद्लाई प्रभावकारी बनाउने र केही समयदेखि भएको संसद अवरोध लगायतका विषयमा छलफल भएको थियो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । मंगलवार पनि प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक काँग्रेसले अवरोध गरेको थियो । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्न नपाएकाले सभामुखले यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।...
सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिए

सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिए

Breaking News 2, समाचार
काठमाडौँ  / क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप(न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"