किरात याक्थुङ चुम्लुङद्धारा ‘मनसरा’ चलचित्रको आय/ व्यय सार्वजनिक, २ करोड ७३ लाख कोरियन वन मुनाफा
दक्षिण कोरिया / किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा प्रदर्शनी सम्पन्न भएको नेपाली कथानक चलचित्र मनसराको आय/ व्यव सार्वजनिक गरिएको छ ।
किराँतीहरूको लिपि सिरिजङ्गा लिपिको युनिकोड निर्मानार्थ प्रदर्शन गरिएको उक्त चलचित्रबाट योजना मुताबिक आयोजक संस्था सफल भएको देखिएको छ । लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । दक्षिण कोरियाको सौल, जेजु, जिन्जु र बुसान लगायतका सहरहरुमा आयोजक संस्था किरात याक्थुङ चुम्लुङलेनै प्रदर्शन गरिनुका साथै अन्य केही शहरहरूमा अन्य संस्थाहरूलाई प्रदर्शनको लागि अधिकार दिएको थियो ।
१ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरिया राइटस् लिएको चुम्लुङले २ करोड ७३ लाख ८४ हजार ३ सय ८५ कोरियन वन मुनाफा गरेको छ । ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ ...







