हेटौंडामा भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा
हेटौंडा/ आत्मविश्वासी र सक्षम समाज निर्माण गर्ने उद्देश्यले हेटौंडा–२, (नगरपालिका अगाडि) भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा आएको छ ।
पत्रकार तथा अनुभवी प्रस्तोता रुपक कालिराजको नेतृत्वमा स्थापना गरिएको यस केन्द्रमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरूलाई व्यावसायिक स्तरको भाषणकला, उद्घोषण र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको छ । युवाहरू आत्मविश्वासको कमीका कारण रोजगारीका अवसर गुमाइरहेको र वैदेशिक रोजगारमा निर्भर हुन बाध्य भइरहेका अवस्थालाई मध्यनजर गर्दै स्थापना भएको केन्द्रले व्यावहारिक तालिममार्फत व्यक्तित्व विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
कालिराजका अनुसार संघ–संस्थाका पदाधिकारी, राजनीतिकर्मी, विद्यार्थी, शिक्षक, व्यापारी, सामाजिक अभियन्ता, कर्मचारी, गृहिणी, कलाकारदेखि सुरक्षाकर्मीसम्म जो कोही यस तालिममा सहभागी हुन सक्छन् । नेपालका ५० भन्दा बढी जिल्ल...







