कालिन्चोकमा हिमपात सुरु
दोलख ः दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउसो देखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा समान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो ।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिनु भएको छ । गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ । कालिन्चोकमा दिउसो देखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ। यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात पर्न सक्ने अनुमान यहाँका होटल व्यवसायीहरुले आकलन गरेका छन् । हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ लगाएतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरेका छन् । हिउँमा रमाउन यहाँ आन्तरिक तथ...








