स्थानीय तह विशेष

एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए

एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट शैक्षिक सफलता हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका २५ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उल्लेखनीय उपलब्धिको अवसरमा विद्यालयले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सफल विद्यार्थीहरू र अभिभावकहरूलाई माला लगाई सम्मान गर्दै खुशी मनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पाँच वर्षे बहु–योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले मकवानपुरगढीको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई मानेर अघि बढिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष लामाले पाँच वर्षे योजनाको पहिलो वर्षमै शिक्षामा छलाङ मार्नुपर्ने लक्ष्य रहे पनि तत्कालीन समयमा त्यो सफल हुन नसकेको बताउनुभयो। तर निरन्तर प्रयास गर्दै जाँदा यस श...
“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”

“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ वनकरिया बस्ती भूमि आयोग, मालमोत कार्यालय, आदिवासी जनजाति आयोग मकवानपुरले मनहरी गाउँपालिका–४ मा रहेको बनकरिया समुदायको वस्तीको अनुगमन गरेको छ । भुमि आयोगको केन्द्रिय सदस्य गुञ्जबहादुर खड्का, मकवानपुर अध्यक्ष बलराम बल, सदस्य दिलुघर्ती मगर, आदिवासी आयोगका केन्द्रिय सदस्य सूर्यबहादुर गुरुङ लगायतले शुक्रबार बस्तीमा पुगेर अनुगमन तथा छलफल गरेका थिए । टोलीले बस्तीको सामाजिक, भौतिक अवस्था र बसोबासको कानुनी पाटोबारे स्थलगत अध्ययन गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद पनि गरेको थियो । बस्ती चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा पर्दछ । सम्झौताको अवधि सकिन लागेसँगै उनीहरूको जीवन अस्थिर बन्दै गएको छ । सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डरले उनीहरू त्रासमा छन् । बनकरिया समुदायकी अगुवा सन्तोषी बनकरियाले सरकारसँग आफूहरूलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गरिदिन आग्रह गर...
हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत हेटौँडा १३ नम्बर वडा क्षेत्रमा मेवा खेती प्रवद्र्धनका लागि आवश्यक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाको सभाअध्यक्षतामा भएको एक समारोहका बिच कृषि सामाग्रि हूतान्तरण गरिएको हो ।   समुदायमा आधारित उक्त परियोजना ५५ लाख ७७ हजार २१७ रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । जसमध्ये कृषि मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३० रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाबाट ११ लाख १५ हजार ४४३ रुपैयाँ र कृषक समूहबाट २० प्रतिशत लागत साझेदारी गरिएको छ । कार्यक्रम अन्तर्गत कृषकहरूलाई मल्चिङ प्लास्टिक, जैविक विषादी, हाते ट्याक्टर, चारपांग्रे ट्याक्टर, अर्थगर, ड्रायर मेसिन, पीएच मिटर, स्प्रे पम्प, थोपा सिँचाइ प्रणाली, टनेल संरचन...
झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना

झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ मा अवस्थित झिल्किनी गाउँ अहिले पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै गएको छ । झिल्किनीमा रहेको जलपरी झरना र चमेरो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । प्रदेश सरकार र राक्सिराङ गाउँपालिकाको संयुक्त लगानीमा झिल्किनी क्षेत्रको पर्यटन पूर्वाधार विकास भइरहेको छ । हालसम्म करिब १ करोड २३ लाख रुपैयाँको लगानीमा पार्क निर्माण सम्पन्न भएको छ। उक्त पार्कभित्र भगवान बुद्धको भव्य मूर्ति, जलपरीको कलात्मक शिल्प, र पर्यटकका लागि प्रतीक्षालय निर्माण गरिएको छ । पर्यटकलाई बस्न, घुम्न र विश्राम गर्न सहज वातावरण बनाउन आवश्यक संरचना विस्तार गरिएको  छ । जलपरी झरनाको ठीक छेउमै रहेको चमेरो गुफा धार्मिक र प्राकृतिक दृष्टिकोणले झनै आकर्षक मानिन्छ। गुफाभित्र शिवको मूर्ति राखिएको छ भने सयौँ चमेराहरूको बास यही गुफामा पाइन्छ, जसले यसला...

“युवाको विकास र रोजगारीमा प्रदेश सरकार गम्भीर छ” – मन्त्री तामाङ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुईवटा तालिम एकै दिन समापन गरिएको छ । बागमती प्रदेश उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले ३० दिने नेपाली कागज उत्पादन तालिम सञ्चालन गरेको थियो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम दिएको छ । दुवै तालिमको समापन कार्यक्रम डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा र बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री तामाङले प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा सीमांतकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन् ...
तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा

तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारमा सम्पन्न ‘शहीद रुद्र पाखिन तथा वासुदेव घिमिरे स्मृति तेस्रो मकवानपुरगढी कप खुला ८ ए साइड फुटबल प्रतियोगिता’ को उपाधि यस वर्ष दाजुभाई एफसीले उचालेको छ । बुधबार भएको रोमाञ्चक फाइनल खेलमा दाजुभाईले सिमलटार एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित ४० मिनेटको खेल अवधिमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टीमार्फत तय भएको थियो । दाजुभाई एफसीले ३–२ गोल अन्तरको जित दर्ता गर्दै विजेता बन्ने गौरव हासिल गर्‍यो । उपाधिसँगै दाजुभाई एफसीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र शिल्ड प्राप्त गर्‍यो भने उपविजेता बनेको सिमलटार एफसीले ४० हजार नगद र ट्रफीमा सान्त्वना टप्पर राख्यो । खेलमा उत्कृष्ठ प्रदर्शन गरेका दाजुभाईका सुजन बल म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई पुरस्...
शहीद रुद्र पाखिन स्मृति फुटबल: दोस्रो दिन पाँच खेलमा उत्साह

शहीद रुद्र पाखिन स्मृति फुटबल: दोस्रो दिन पाँच खेलमा उत्साह

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / शहीद रुद्र पाखिन र वासुदेव घिमिरेको स्मृतिमा आयोजना गरिएको तेस्रो खुला ८ ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार पाँचवटा खेल सम्पन्न भएका छन् । मकवानपुरगढी गाउँपालिका–२ स्थित कुर्लेदमार खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा उत्तम पानी एफसी ले चौघडा एफसीलाई २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्‍यो । विजयी टिमका उर्जेन केसी म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा, संयुक्त नव स्टार युवा क्लब र सनराइज युथ क्लबबीचको खेल रोमाञ्चक देखिएको थियो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नव स्टारले १३–१२ को अन्तरले जित हात पार्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि सनराइज युथ क्लबका सुरज थिङ म्यान अफ द म्याच बने । तेस्रो खेलमा योन्जन ढुवानी सेवा ले एफसी कालोपानीलाई ३–० गोलले सहजै हराउँदै अर्को चरणमा प्रवेश गर्‍यो। महेश वाइबा म्यान अफ द म्य...
दाजु भाइ एफसी र सिमलटार युथ क्लब समान ४–० को जितसहित क्वार्टरफाइनलमा

दाजु भाइ एफसी र सिमलटार युथ क्लब समान ४–० को जितसहित क्वार्टरफाइनलमा

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमारको खेल मैदानमा जारी शहीद रुद्र पाखिन, वासुदेव घिमिरे स्मृति तेस्रो खुला ८–ए साइज फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आइतबारका दुवै खेलहरूमा एकतर्फी नतिजा प्राप्त भएका छन् । पहिलो खेलमा दाजु भाइ एफसीले घले समाज बकैयालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । खेलको ६औं मिनेटमा जर्सी नम्बर २ का छिरिङ लामा ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि जर्सी नम्बर १३ का समिराज थोकर ले १४औं, ४३औं र ४६औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको छ । दोस्रो खेलमा सिमलटार युथ क्लबले नागस्वती फुटबल क्लबमाथि पनि समान ४–० को जित दर्ता गर्‍यो । सिमलटारका जर्सी नम्बर १४ का सुजन गुरुङ ले १८औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि जर्सी नम्बर १० क...
शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ । त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक ट...
१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र संयुक्त राजनीतिक संघर्ष समितिको समन्वयमा बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरू, दलित अगुवा, अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । उनीहरूबीच जातीय विभेद, छुवाछुत, दलित समुदायको अवस्था र अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा दलित विकास समितिका पूर्व कार्यकारी निर्देशक तथा राजनीतिक विश्लेषक डा. बुद्धि नेपालीले विशेष प्रस्तुतिकरण दिनुभएको थियोे । उहाँले दक्षिण एशियामा जात व्यवस्थाको इतिहास, दलित समुदायको योगदान, गरिबीका कारणहरू, जनयुद्ध र आन्दोलनको भूमिका, र छुवाछुतमुक्त राष्ट्र घोषणापछि कायम रहेको व्यवहारगत विभेदबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी दलित अगुवाहरूले कानुनी रूपमा अधि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"