समाज

श्रीमानले कोदालो प्रहार गरी श्रीमतीको हत्या

श्रीमानले कोदालो प्रहार गरी श्रीमतीको हत्या

Breaking News 1, समाचार, समाज
सिन्धुली / सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।...
प्रसूति गृहबाट बच्चा लगेको आरोपमा महिलासहित उनकी दिदी र श्रीमान् पक्राउ

प्रसूति गृहबाट बच्चा लगेको आरोपमा महिलासहित उनकी दिदी र श्रीमान् पक्राउ

Breaking News 1, समाचार, समाज
काठमाण्डौ /काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार विस्तृत विवरण अनुसन्धानपछि खुल्नेछ । हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएको उजुरी परेको थियो । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी ती महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि हुलियाका आधारमा खोज...
मकवानपुर गढीमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

मकवानपुर गढीमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढी गाउँपालिका कार्य समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । ल्होछार कार्यक्रमको लागि मकवानपुर गढी गाउँपालिका अन्य संघ संस्थाहरुको आर्थिक सहयोग रहेको थियो । बिहिबार समपन्न भएको कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुर गढीका अध्यक्ष सानो कान्छा थिङको सभा अध्यक्षता र गढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा भएको थियो । यसै गरी कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति र नृत्य,दोहोरी,गायन रहेको थियो । साथै लामा,बोम्बो र डम्फुरेको प्रस्तुति रहेको थियो । ल्होछारमा १० देखि १५ सय दर्शक्हरुको उपस्थित रहेको थियो । कार्यक्रम सफल पार्न कलाकार, आर्थिक सहयोगीदाता, स्थानिय सञ्चारकर्मीहरुलाई सम्मान गरी कदर पत्र वितरण समेत गरेका थिए ।...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार, समाज
हेटौंडा/ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ५ औ अधिवेसनबाट अध्यक्षमा राज लोप्चन चयन भएका छन् । लोप्चन सहित २१ जना सदस्यलाई कार्य समितिमा चयन गरेको हो  । वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ,उपाध्यक्षमा प्रवन प्रराजुलि,तारा चन्द्र आचार्य र सन्जिव खतिवडालाई चयन गरेका छन् । महासचिवमा उद्धव नेपाल,सचिवहरुमा बसन्त थापा,निर योन्जन तामाङ र नवराज पाण्डेलाई चयन गरेका छन् । कोष अध्यक्षमा सुरुज श्रेष्ठ र सह कोष अध्यक्षमा सरोज तामाङलाई चयन गरेका छन् । यसै गरी सदस्यहरुमा रमेह बन्जरा,सोनाम शेर्पा,भक्त बहादुर खड्का,सन्तोस लुईटेल ,लक्ष्मी तामाङ,लोकेन्द्र खड्का,ज्योति तामाङ,जानुका ढकाल ,भुबल दाहाल,सोभा थापा रहेका छन् ।...
हेटौंडामा सोनाम ल्होछारको रौनक 

हेटौंडामा सोनाम ल्होछारको रौनक 

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ समपन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रम शनिबार समपन्न भएको हो । उक्त सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख लामाले तामाङ समुदायको संस्कृति र ईतिहासलाई बचाउन तामाङ संगा्रहालयको निर्माण कार्यमा रहेको बताए । आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्ने उनले बताएका छन् । कार्यक्रमा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ पोषाकमा देखिन्थ्यो । स्थानिय तथा राष्ट्रिले कलाकारहरुले दिएको प्रस्तुतिमा दर्शकहरु निकै प्रभावित भएको थियो । का...
शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै

शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको चाड सोनाम ल्होछार आज देशका विभिन्न स्थानमा सास्कृतिक रुपमा मनाईदै

Breaking News 1, मनोरञ्जन, समाचार, समाज
अन्जना तामाङ हेटौंडा/नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा आधारित देश हो । हरेक जातजातिले फरक–फरक चाडपर्व मनाउने गर्छन् । सबैले आआफ्नै विशेषता रहेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । नेपाल एक धर्म निरपेक्षतामा आधारित राष्ट्र पनि हो । जहा विविध धर्मालम्बि, जातजातिको बसोबास रहेको पाईन्छ । विभिन्न प्रकारका जातजातिको हिसाबमा फरक चाड, संस्कार भेषभुषा, रितिरीवाज मान्ने गर्छन् । नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अपस्था थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर...
बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज
हेटौंडा . बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त बताएका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेको हो । ‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनःएक पटक शभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा बताएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूणर् वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताएको छ । बहुजातीय, बहुभाष...
राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता

राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता

मुख्य समाचार, समाचार, समाज
हेटौंडा / वागमती गाउँपालिका राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता भएका छन् । ५.७ इन्च उचाई भएको २९ बर्षीय माझी माघ १७ गते रातिदेखि सम्पर्क बिहिन भएका हुन् । राम्ररी बोल्न नसक्ने तथा सुस्तमनस्थितिका माझी गत बुधबारदेखि घरबाटै बेपत्ता भएका हुन् । माघ १८ गते बिहान ०७ः४५ बजे माझी बकैयाको–६ गंगटे खोल्सीबाट हेटौंडा–१८ फुर्केचौरसम्म सिसिटिभी फुटेजमा देखिएको उनका काका मनोज माझीले बताए । उनका अनुसार रातो वर्ण भएका बेपत्ता माझीले कालो ज्याकेट, कालो टोपी, कालो मास्क, जिन्सको पाईन्ट र जुत्ता लगाएका छन् । परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन समेत दिदा फेला पार्न नसकेको बताएको छ ।...
किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन, अध्यक्षमा गणेश लिम्बु

किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन, अध्यक्षमा गणेश लिम्बु

Breaking news 3, कोशी प्रदेश, प्रवास, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्र छल्लानाम्दो र छल्लाबुक्दो क्षेत्रलाई समेटेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको तेश्रो शाखाको रुपमा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन गरिएको छ । तेश्रो शाखाको रुपमा गठन गरिएको छल्लादो शाखाको अध्यक्षमा गणेश लिम्बु चयन भएका छन् ।   त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सुनिल फाबो, उपाध्यक्षहरुमा सुरेश आङदेम्बे, दिप शेर्मा, बिबस लिम्बु, श्रृजना माबो, सचिवमा भुपेन्द्र फागो, सह सचिवमा सन्देश इजम, कोषाध्यक्षमा लक्षिमा लिम्बु, सह कोषाध्यक्षमा राजन लिम्बु चयन भएका छन भने सदस्यहरुमा पेपराज लिम्बु, मोहन लिम्बु ,समराज लाबुङ, सोलु लिम्बु ,गोपाल लिम्बु ,सुरेन्द्र लिङ्लेखु ,मिङ्सो लिम्बु , सञ्जिव सौदेन, मिराक नेम्बाङ, सोभाहाङ लिम्बु , निसान आङ्देम्बे, बिराट फागो, बिजय शेर्मा, रबिन लिम्बु, प्रेम सावाँ लिम्बु, निशान लिम्बु, गगन लिम्बु...
किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको अध्यक्षमा कोपिल राई

किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको अध्यक्षमा कोपिल राई

कोशी प्रदेश, प्रमुख समाचार, प्रवास, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको पहिलो अधिबेशनबाट कोपिल राईको नेतृत्वमा १५ कार्यसमिति चयन गरिएको छ । सनिबार छेजुदोको केसिटीयु हलमा भएको पहिलो अधिबेशनबाट राईको नेतृत्वमा पहिलो कार्यसमिति गठन गरिएको हो । किराँत राई यायोक्खा दक्षिण कोरियाको अध्यक्ष पुरन याम्फुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा छत्र रार्इृको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा छेजुदोमा कृयाशिल बिभिन्न जातिय तथा क्षेत्रीय संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा निमेष राई, सह सचिवमा बिबेक राई, कोषाध्यक्षमा सन्दिप राई र सह कोषाध्यक्षमा जितेन राई चयन भएका छन् । त्यसैगरी सदस्यहमा सुवास राई, आसिष राई, पुर्ण राई, सुजन राई, सागर राई, पेसल राई र विकास राई चयन भएका छन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"