काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
मकवानपुर/ विद्यालयका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय ‘फुटबल फर स्कूल्स’ कार्यक्रम मकवानपुर जिल्लामा औपचारिक रूपमा प्रारम्भ भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा हेटौंडा–६ गौरीटार रंगशालामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रम शुभारम्भ गर्नुभयो । फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रममार्फत विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकालाई फुटबलसँग जोड्ने लक्ष्य लिइएको छ । नेपालमा ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमअन्तर्गत ३२ हजार ६ सय ४० फुटबल वितरण गरिने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो। मकवानपुरमा भने २२ विद्यालय यस अभियानमा सहभागी हुनेछन् ।
मुख्यमन्त्री बानियाँल...
हेटौंडा/ मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ ।
बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिता मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले जानकारी दिनुभयो । गत असोज १२–१३ गते कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परेर ज्यान गुमाएका साइमनको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ । कार्यक्रम संयोजक तथा समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ६...
हेटौंडा/ तामाङ सेलो लगायतका विधामा छुट्टै नाम कमाएकी चर्चित गायिका इन्दिरा गोले (गुरुङ) को निधन भएको छ ।
ललितपुरको लेले भाउदेउमा जन्मिएकी गोले लामो समयदेखि तामाङ गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्ना स्वर र सिर्जनाबाट विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन् । परिवारजनले दिएको जानकारीअनुसार, विश्वभरका शुभेच्छुक र समाजको अपार माया तथा प्रयासका बाबजुद पनि अन्ततः उनले धर्ती यात्रा समाप्त गरेकी हुन् । गोलेले तामाङ सेलोलाई आधुनिक स्वरूप दिनेमध्ये अग्रणीको भूमिका निर्वाह गरेकी थिइन् । उनका लोकप्रिय सिर्जनाहरूले तामाङ मात्र नभई सम्पूर्ण नेपाली संगीत प्रेमीको मनमा गहिरो छाप छोडेका छन् । उनको निधनले तामाङ संगीत मात्र होइन, समग्र नेपाली संगीत परिवार नै शोकाकुल भएको छ ।...
हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने भएको छ । खेतीपातीसँगै बाख्रा, कुखुरा पाल्दै आएका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमारलाई गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष सिफारिस गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन्। अध्यक्ष मुक्तानका अनुसार पालिकाभित्र चेपाङ, जनजाति र अति विपन्न समुदायको संख्या धेरै भए पनि लालकुमारलाई प्राथमिकतामा राखी सिफारिस गरिएको हो । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि नागरिक गास, वास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित सुरक्षित आवासको व्यवस्था गरिएको बताएका छन् । यसैबीच, राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङको घर न...
दक्षिण कोरिया । किरात राईहरुको साँझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन यहि सेप्टेम्बर १४ मा हुने भएको छ । दक्षिण कोरियाको सौल स्थित दोङ्देमुनको एमजी सेमाउल हलमा महाधिवेशन हुने संस्थाका उपाध्यक्ष सन्तोष राईले बताएका छन् ।
संस्थाको महाधिवेशनको लागि गर्नुपर्ने आवश्यक तयारीहरु लगभग पुरा भैसकेको संस्थाका अध्यक्ष पुरन याम्फु राईले जानकारी छन् । प्रवासमा रहेर पनि किरात राईहरुको भाषा, धर्म, संस्कृति, पहिचान र अधिकारको वकालत गर्दै आइरहेको किरात राई यायोक्खा दक्षिण कोरियालाई कोरियाको नेपाली समाजमा पुरानो र सकृय संस्थाको रुपमा मान्ने गरिन्छ । किरात राईहरुको साँझा संस्था भएकोले कोरियामा रहेका किरात राईहरुलाई महाधिवेशनमा सहभागि हुनको लागि अनुरोध गरेका छन् ।...
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई पहिलो पटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ ।
हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपायहरू अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिनुभयो ।
फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक ड...
हेटौंडा / मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१÷८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहले योजना र कार्यक्रम समयमा कार्यान्वयन गर्न नसक्दा रकम फिर्ता भएको हो । सो वर्षमा सशर्त, वित्तीय समानीकरण, समपूरक र विशेष गरी विभिन्न शीर्षकमा रकम विनियोजन भए पनि सशर्त अनुदानतर्फकै ठूलो हिस्सा खर्च हुन सकेन । कार्यालय प्रमुख दिनेश रेग्मीका अनुसार कार्यक्रम समयमा सम्पन्न नहुनु मुख्य कारण भएको हो । त्यस्तै, बागमती प्रदेश सरकारले पनि सो वर्षमा ४९ करोड रुपैयाँ खर्च गर्न नसकी फिर्ता गरेको छ ।...
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा बगेर बेपत्ता भएका २५ वर्षीय विनोद बम्जनको शव फेला परेको छ ।
शुक्रबार दिउँसो उर्लिएको बाढीले बम्जनलाई बगाएको थियो । इलाका प्रहरी कार्यालय मकवानपुरगढीको टोलीले स्थानीयवासीसँगै गरेको खोजतलासको क्रममा शव राति डुम्रेकुनामा भेटिएको हो । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।...
हेटौंडा / राष्ट्रिय सूचना दिवस २०८२ को अवसरमा हेटौंडामा मंगलबार सूचनाको हक अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सूचनाको हक कार्यान्वयनमा अझै धेरै चुनौती रहेको गुनासो गरेका थिए ।
सुचना दिने निकायहरूले मागिएका सूचना समयमा नदिने, ढिलाइ गर्ने वा अपूर्ण जानकारी दिने प्रवृत्ति बढेको बताएका थिए । उनीहरूले नागरिकले सहज रूपमा सूचना पाउन नसक्दा पारदर्शिता र जवाफदेहितामा बाधा पुगेको भन्दै स्थानीय तहदेखि केन्द्रसम्म सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुचना सम्प्रेषण जति प्रभावकारी हुन सक्यो, त्यति नै लोकतन्त्र पनि संस्थागत हुने बताउनुभयो । नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुन...