मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुने भएको छ । कोरियन चाड छुसकको अवसर पारेर अक्टोबर ५ मा सौलको दोङदेमुन स्थित रहेको दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्ने फाइनल भएको हो ।
अधिवेशनको दिनमानै कोरियामा रहेका मकवानपुरे तथा नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने हेतुले लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको समेत घोषणा गर्ने भएको छ । सेल्टर स्थापना गर्ने उद्धेश्य सहित सन् २०२३ को छुसकमा सुजन चापागाई एण्ड द ईन्फिनिटी ब्यान्ड ल्याएर मकवानपुर सांगीतिक धमाका भाग २ गर्ने अन्तिम तयारीमा पुगिसक्दा कलाकारको भिषा नलाग्दा स्थगित भएको कार्यक्रमलाई पुनः आयोजना गर्ने उद्देश्यले गर्दा अधिवेशन गर्ने समय लम्बिएको थियो । कार्यक्रमको तयारीको दौरानमा आन्तरिक तथा वाह्य सहयोगि दाताहरुबाट केही सहयोग रकम संकलन भएको थियो । संकलन भएको सहयोग रकम कार्यक्रम व्यवस्थापनमा खर्च ...







