नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन
दक्षिण कोरिया, जेजुदो/ नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजुदो शाखाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विमल तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा, उपाध्यक्षमा गंगा ब्लोन तामाङ, महिला उपाध्यक्षमा ऋचा ब्लोन चयन भएका छन् । महासचिवमा प्रतिक तामाङ, सचिवहरूमा सानुमाय तामाङ र विमान सिं तामाङ, कोषाध्यक्षमा विन्दर ब्लोन तामाङ तथा सह–कोषाध्यक्षमा युन्मी तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सञ्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, गोबिन तामाङ, सबिता तामाङ र पुजा ब्लोन रहेका छन् ।
तत्कालिन अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का स...








