झाँकीहरुको गुफा तपस्या सकियो
हेटौंडा / हेटौंडा – स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका गुफा बसेका झाँकीहरु आईतवार बाहिर निस्किएका छन् । गत ५ गतेदेखि गुफा तपस्थामा बसेका झाँकीहरु एक हप्तापछि बाहिर निस्एिका हुन् ।
आईतवार एक कार्यक्रमको आयोजना गर्दै झाँकीहरु बाहिर निस्किएका हुन् । श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानी ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
५ गतेदेखि सुरु भएको उक्त गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए । गुफामा बस्ने झाँकीहरुले मन्त्र जपगरी तपस्या गरेका थिए । उनीहरुलाई भाँकीका गुरु मदन थिङले प्रशिक्षण गराएका थिए । उक्त गुफा ध्यान बसेर निस्किएपछि झाँकीको गुरु भएको प्रमाणित हुने स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका अध्यक्ष सार्की मान हिमडुङले ...








