महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कथानाक चलचित्र महाजात्रा सौल शो हाउसफुल भएको छ । आपतकालिन् राहत कोष सहयोगार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आइताबार दक्षिण कोरियाको सौल स्थित दोङदेमुनमा प्रदर्शन गरिएको महाजात्रा चलचित्र हाउफुल भएको हो ।
बिशाल आवाज मल्टीमिडीया प्रालीले दक्षिण कोरियाभर चलचित्र प्रदर्शण गर्ने अधिकार पाएको उक्त चलचित्र शौल शो प्रदर्शनको निम्ती प्रालीले तीस लाख कोरियन वनमा सिन्धुपाल्चोक समाजलाइ प्रदर्शणी अधिकार दिएको थियो । एक्कैदिन थुप्रै कार्यक्रमहरु भएता पनि महाजात्राले मनज्ञ दर्शकको साथ पाएको छ । आयोजकले दिएको जानकारी अनुसार तीन सय भन्दा बढी दर्शक हलमा चलचित्र हेर्न उपस्थित भएको जनाएको छ । समाजका अध्यक्ष राज लोप्चनले भने दर्शकको उपस्थिती बाक्लो भएता पनि संस्थाले अपेक्षा गरे अनुसारको नभएको बताएका छन् ।
अध्यक्ष लोप्चन भन्छन् “चलचित्र हेर्नको लागि ४ सय भन्द...








