महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको
हेटौंडा - बागमती प्रदेशका महिला सांसदहरुले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् ।
बिहिबार हेटौँडामा आयोजित महिला सासंद र पत्रकारबिचको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदले मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको आरोप लगाएका छन् । पुरुष सासंदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सासंदहरुले बोलेका विषयहरु मिडियाको प्राथमिकता नपर्ने गरेको उनीहरुको गुनासो छ ।
बागमती प्रदेश सभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदहरुको कुरालाई मात्र प्राथमिकता दिने प्रवृतीले महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु समेत ओझेलमा पर्ने गरेको बताईन् । मिडियाको ध्यान पनि चर्चित पुरुष नेताहरुमै केन्द्रित हुनु दुखद रहेको बताउँदै सञ्...






