नेफिन कोरियाले ३० औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै
दक्षिण कोरिया । सन् १९९५ देखि सयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभरिका आदिवासीहरूले मनाउँदै आएको विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले ९नेफिन० वृहत् अन्तरकृयात्मक तथा मौलिक सांस्कृतिक परिकार र प्रस्तुतिहरूको साथमा भव्यताका साथ मनाउने भएको छ ।
हरेक वर्ष अगस्ट ९ तारिखमा पर्ने विश्व आदिवासी दिवस महासंघले भने आफ्नो समय अनुकुलताको आधारमा अगस्टको ११ तारिख आइतबारको दिन मनाउने तय गरेको छ । महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा र महासंघको क्षेत्रीय समिति, महासंघमा आवद्ध सम्पूर्ण जातीय संस्थाहरू र आदिवासी जनित संस्थाहरूको आयोजनामा 서울시 마포구 환일길 १३ स्थित रहेको कुम्हो हाइ स्कुलको हलमा ३० औँ विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता, सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मू...








