हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
हेटौँडा / खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम मंगलबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको तालिमले खेलकुद क्षेत्र सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारले प्राथमिकतामा न राख्नु दुःखद भएको उल्लेख गरे। बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको अवस्थामा खेलकुद मन्त्रालयका लागि ६१ करोड रुपैयाँ मात्रै बजेट तोकिनु दुर्भाग्यपूर्ण भएको बताए। राज्यको चासो कम हुँदा खेलकुद क्षेत्रबाट युवा पलायनसमेत बढिरहेको उल्लेख गरे।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार खेलकुद क्षेत्रको विकास परम्परागत शैलीबाट सम्भव छैन।...







