प्रमुख समाचार

ओली प्रधानमन्त्री पदमा नियुक्त

ओली प्रधानमन्त्री पदमा नियुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।...
अन्ततः ढल्यो प्रचण्ड नेतृत्वको सरकार

अन्ततः ढल्यो प्रचण्ड नेतृत्वको सरकार

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । प्रचण्डले विश्वासको मत नपाए संगै स्वतह प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै पर्‍यो । यस्तै विपक्षमा १९४ मत पर्दा एक सांसद तटस्थ बसे ।  ...
८ राजदूत सिफारिस : भारतमा रेग्मी, दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी प्याकुरेल सिफारिस

८ राजदूत सिफारिस : भारतमा रेग्मी, दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी प्याकुरेल सिफारिस

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी सुशील प्याकुरेललाई राजदुतको लागि सिफारिस गरेको छ । मानव अधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् । यस्तै डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली...
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले पनि एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले पनि एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

Breaking News 1, प्रमुख समाचार, शिक्षा
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपर्ने अनिवार्य व्यवस्था रहको थियो । कक्षा १२ को नतिजा नआइसकेको भए पनि यस पटकदेखि भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाएको जनाएको छ । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी का...
गायक आस्मान लोप्चनको ‘च्याङबा र मैच्याङ’ सार्वजनिक

गायक आस्मान लोप्चनको ‘च्याङबा र मैच्याङ’ सार्वजनिक

Breaking news 3, प्रमुख समाचार, मनोरञ्जन
काठमाण्डौं । गायक, शब्दकार तथा संगीतकार आस्मान लोप्चनको च्याङबा र मैच्याङ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।   सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका सिन्धुपाल्चोक चौताराका लोप्चन मौलिक गित संगितलाई एउटा उचाईमा पुर्याउनको लागि हरपल लागि परिरहेको देखिन्छ । विशेषगरी खान्दोके सेलो बिटको गीत संगीतमा निक्कै लोकप्रिय रुपमा स्थापित हुन सफल गायक लोप्चनले बिल्कुलै फरक रोमान्टिक गित “च्याङ्बा र मैच्याङ” पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। शनिबार चलचित्र बिकास बोर्डको हलमा आयोजित कार्यक्रम जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता, डा.टासी छिरिङ लामा  र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको विशेष आतिथ्यता एवं सिन्धुपाल्चोक समाज नेपालका संस्थापक अध्यक्ष थुप्तेन ग्याल्वो मोक्तान लगायत सयौंको उपस्थितिमा गीतको सार्वजनिक गरिएको हो ।  “च्याङ्बा र मैच्याङ” मा शब्द ...
सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै 

सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै 

Breaking News 2, खेलकुद, प्रदेश, प्रमुख समाचार, प्रवास, सुदूरपश्‍चिम प्रदेश
शुभराज भोम्जन दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा 'दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४' हुने भएको छ । स्वास्थ्य, विचार र व्यवहार, खेलकुदनै मुख्य आधार भन्ने मुल नाराका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा आँउदो जुलाई १४ तारिखको दिन दोश्रो खप्तड भलिबल प्रतियोगिता हुन लागेको हो । सुवन शहर नजिकै रहेको आजु विश्वविद्यालयको भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । प्रतियोपगतामा सहभागि भई प्रथम हुने समुहलाई २० लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उप विजेता हुने समुहलाई १२ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिनुका साथै सान्त्वना हुने दुई समुहलाई ४/ ४ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी,...
लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन जुलाई ७ मा हुने 

लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन जुलाई ७ मा हुने 

Breaking News 1, प्रदेश, प्रमुख समाचार, प्रवास, लुम्बिनी प्रदेश
दक्षिण कोरिया । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन आँउदो जुलाई ७ तारिखमा हुने भएको छ । केही महिना अघि मात्रै हिमाल खनालको नेतृत्वमा तदर्थ समिति गठन गरिएको समाजको पूर्णता दिनको लागि प्रथम अधिवेशन गर्न लागिएको हो । समाजको अधिवेशन सौलको दोङदेमुन स्थित रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने जनाएको छ । बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा सहभागिताको लागि अध्यक्ष हिमाल खनालले आग्रह गरेका छन् । दक्षिण कोरियामा गठन भएको प्रदेशको संरचनाहरू मध्ये लुम्बिनी प्रदेश समाज कान्छो प्रदेश स्तरिय संगठनको रुपमा रहेको छ । लुम्बिनी प्रदेश समाज गठन हुनुपूर्व अन्य ६ वटा प्रदेश समाजहरुको गठन भएर पनि पूर्ण रुपमा दयाशील हुँदै आइरहेको छ ।...
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने भएको छ । महासंघले आफ्नो वार्षिक साधारण सभा सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको हो । सन् २००८ मा स्थापना भएर जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आएको आदिवासी जनजाति महासंघले दक्षिण कोरियाको नेपाली समाजमा सकृय सहभागिता जनाउदै आइरहेको छ । यही जुन २३ तारिखमा आयोजना हुने वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनहरू छलफल गर्दै पास गर्ने योजना रहेको संस्थाका महासचिव दयाराम राना मगरले बताएका छन् । महासंघको अध्यक्ष विशन राईले वार्षिक साधारण सभामा सहभागिताको लागि लाबा न्युज मार्फत आग्रह गरेका छन् ।...
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...
दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, नेपालको सुपर ८ यात्रा समाप्त

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, नेपालको सुपर ८ यात्रा समाप्त

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । नेपालले दक्षिण अफ्रिका सँग हार ब्योहोरे सँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए । अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ र...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"