प्रमुख समाचार

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित सिमपानीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रु गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको हो। ७० वर्षीय स्याङतान राक्सिराङ गाउँपालिका–९ स्थायी घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका थिए। ठक्करबाट गम्भीर घाइते भएका स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। ट्रक चालक ४० वर्षीय प्रमोद महत्तो, सर्लाहीको हरिवन नगरपालिका–९११ निवासी, हाल मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
ओडिशाको विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि राज्य सरकारद्धारा छानबिन सुरु

ओडिशाको विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि राज्य सरकारद्धारा छानबिन सुरु

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, समाचार
भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ । कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै विश्वविद्यालय प्रशासनले मृतक छात्राका अभिभावकलाई तुरुन्तै जानकारी गराएको ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ओडिशा सरकारले यस दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारजनप्रति ऐक्यभाव व्यक्त गरेको छ । साथै, घटनाको गम्भीरताका साथ छानबिन सुरु भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा फरेन्सिक टोलीले पनि प्रमाण सङ्कलनको कार्य गरिरहेको छ । राज्य सरकारले घट...
महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आज वैशाख १९ गते शुक्रबारदेखि सुरु हुँदैछ । महिला फुटबललाई प्रोत्साहन गर्न पहिलोपटक विशेष रूपमा आयोजना गरिएको यो प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बैशाख २५ गते सम्म सञ्चालन हुदैं छ । उद्घाटन खेल आज साँझ ४ बजे सुरु हुने छ, जसमा रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र चितवन जिल्ला महिला टिम आमनेसामने भिड्नेछन्। प्रतियोगितामा विभागीय र जिल्लास्तरीय गरी ८ टोलीको सहभागिता रहेको छ। खेलाडीहरूमध्येमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरू पनि छन्। विजेता टोलीले नगद ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६१ लाख रुपैयाँ खर्...
वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने

वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा / योङ कम्यूनिष्ट लिग वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन यही वैशाख २२ गते हुने भएको छ । उक्त सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन हुने छन् । विहिबार वाईसियल मकवानपुरले पत्रकार सम्मेलको आयोजना गर्दै काय्र्रक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यता रहने वाईसियल मकवानपुरका अध्यक्ष लजराज ठकुरीले बताए । उद्यमशिलता, नवप्रवद्धन र स्वरोजगार भन्ने मूल नाराका साथ हुने सम्मेलन सुशासन, समृद्धि सामाजिक न्याय र समादवादको पक्षमा केन्द्रित रहने जनाएको छ । सम्मेलनमा जिल्लाका दशवटै स्थानिय तहबाट करिब ४ सय प्रतिनिधि स्वयम्सेवक सहभागि रहने बताईएको छ । वाइसिएल मकवानपुरमा करिब २ हजार युवाहरु आवद्ध रहेका छन् । ७१ सदस्यीय कार्यसमितिका ११ पदाधिकारी रहने व्यवस्था रहेको छ । सम्मेलनले व...
राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरसहितको चट्याङ्ग पूर्वसूचना प्रणाली जडान गरिएको छ। यो प्रविधि साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। सफल परीक्षणपछि दक्षिण एसियामै पहिलोपटक राक्सिराङ्गमा स्थापना गरिएको यो प्रणालीले आकाशमा विद्युतीय चार्जको संकेत पाउने बित्तिकै १६ किलोमिटरको क्षेत्रभित्र रहेका बासिन्दालाई १६ मिनेट अघिनै चेतावनी दिन सक्षम हुनेछ। राक्सिराङ्ग उच्च चट्याङ्ग जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिले चट्याङ्गबाट हुने सम्भावित क्षतिबाट समयमै सचेत गराउन र सुरक्षात्मक कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका विभिन्न स्थानहरू—राम्चे, भाट्टी, चैनपुर, सिलिङ्गे, गर्लिङ, पाङ्बुङ र कान्द्राङ लगायतका वडामा साइरन प्रणाली जडान गरिनेछ। पिपुल इन निडको आर्थि...
मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण

मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण

Breaking news 3, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा /  मकवानपुरको हेटौंडामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता वैशाख १९ गतेदेखि सुरु हुदैं छ ।  पहिलोपटक महिला फुटबलमा केन्द्रित गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय खेलाडी प्रेति राईसहित विभागीय र जिल्लास्तरीय गरी आठ टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी टिमहरूमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा, बिरगंज युथ एकेडेमी, नव जनजागृति युवा क्लब सिमरा, रौतहट जिल्ला महिला टिम र चितवन जिल्ला महिला टिम छन्। प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ। आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। विजेता टोलीले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख रुपैयाँ प्र...
फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा / लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ । कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्त...
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

Breaking news 3, Uncategorized, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बिहान ६:०५ बजे पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई लागूऔषध ओनरेक्ससहित पक्राउ गरिएको हो। उनी बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपका चालक रहेको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सुरक्षाजाँचका क्रममा सुमो जीपबाट १ सय मिलिलिटरको २ सय २५ बोतल ओनरेक्स बरामद भएपछि मियालाई नियन्त्रणमा लिइएको हो। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट मियालाई पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको अर्यालले जानकारी दिए।...
हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम मंगलबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको तालिमले खेलकुद क्षेत्र सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारले प्राथमिकतामा न राख्नु दुःखद भएको उल्लेख गरे। बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको अवस्थामा खेलकुद मन्त्रालयका लागि ६१ करोड रुपैयाँ मात्रै बजेट तोकिनु दुर्भाग्यपूर्ण भएको बताए। राज्यको चासो कम हुँदा खेलकुद क्षेत्रबाट युवा पलायनसमेत बढिरहेको उल्लेख गरे। प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार खेलकुद क्षेत्रको विकास परम्परागत शैलीबाट सम्भव छैन।...
१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा । मकवानपुर थाहा नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेका छन् । १३ बर्षीय छोरीलाई बलात्कार गरेको भन्दै ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित छारीले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक–पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ । पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"