प्रमुख समाचार

तमु ल्होसारमा जालुमाया गुरुङको बेजोड प्रस्तुती रहने

तमु ल्होसारमा जालुमाया गुरुङको बेजोड प्रस्तुती रहने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । तमुहरुको प्रमुख पर्व एवम् नेपालको राष्ट्रिय पर्व तमु ल्होसारको अवसरमा तमु धीं दक्षिण कोरियाले भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । मुप्रि ल्हो ( गरुड वर्ग ) को विदाइ गर्दै सप्रि ल्हो (सर्प वर्ग ) को स्वागतमा तमु धीं दक्षिण कोरियाले सदाझै यस वर्ष पनि भव्य कार्यक्रमको आयोजना गर्न लागिएको हो । आउदो जनवरी ५ तारिखको दिन सौल स्थित एच. डब्लु कन्भेन्सन हलमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत गायिका जालुमाया गुरुङले बजोड सांगीतिक प्रस्तुती दिने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । कार्यक्रममा गायिका जालुमाया संगै अन्य थुप्रै स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने जनाएको छ । गायिका गुरुङको भिषा समेत लागिसकेको आयोजकले जनाएको छ । कार्यक्रम भव्य र सभ्य ढङ्गले सम्पन्न गराउनको लागि तिब्र गतिमा तयारी चलिरहेको जनाएको छ । कार्यक्रम दिउसो १२ ब...
नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न निर्वाचनमा अधिकारीले उनका निकटतम प्रतिद्वन्द्वीहरु ३ जनालाई हराउदै अध्यक्षमा निर्वाचित भएको हो ।     उनले ४५ मत प्राप्त गर्दा अर्का निकटतम प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत, पोष्टराज अधिकारीले २० मत, सुरेश श्रेष्ठले ३ मत गरे । यसै गरी महासंघको उपाध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनले ५५ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षमा भावना रिजाल निर्वाचित भएका छन् । ५५ मतसहित रिजाल निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गरे ।महासंघको सचिवमा केशव सुवेदी ७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्न्दी इन्द्रप्रसाद बञ्जाराले ३३ मत मात्र प्र...
पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले बताईन् । शनिबार हेटौंडामा तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख लामाले यस्तो बताएकी हुन् । स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन नसकेको र पाठ्यक्रममा समावेश गर्न पहल गर्ने उनले बताईन् । तामाङ भाषा, संस्कार , सस्कृतिको जगेर्ना गर्न तामाङ संग्रालय निर्माण गरिएको बताईन् । जुन देशकै नमुना रहेको प्रमुख लामाले जानकारी दिईन् । यस्तै उनले तामाङ पत्रकारहरु व्यवसायीक पत्रकारको रुपमा स्थापित हुन चुनौति रहेको उनले जिकिर गरिन् । नयाँ तामाङ पत्रकारहरुलाई कसरी अगाडी बढाउनु पर्छ भन्नेमा सरोकारवाहरुले ध्यान दिन जरुरी रहेको समेत बताएकी छिन् । प्रमुख लामाको प्रमुख आतिथ्यता तथा तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्...
हेटौंडामा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु

हेटौंडामा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु

Breaking news 3, प्रमुख समाचार, समाचार
हेटौंडा / हेटौंडामा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका—११ गोल्पिङटारका मियाको आफ्नै घरको तला थप्नका लागि पिलरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा घाइते भएका थिए । हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार गर्नेक्रममा मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि पनि करेन्ट लागेर मनहरीमा एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।...
हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

हेटौंडा -१२ का नवनिर्वाचित वडा अध्यक्ष तिवारील गरे शपथग्रहण

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष अर्जुन तिवारीले शपथग्रहण गरेका छन् । सोमबार उपमहानगरपालिकामा एक कार्यत्रमका बिच अध्यक्ष तिवारीलाई नगर हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका बाट उम्मेदवारी दिएका उनले विजय हासिल गरेका हुन् । उनले २ हजार ६३ मत प्राप्त गरेका थिए । तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने परिपाटीको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् उनले वडामा विकासको मुहार फेर्ने गरी काम गर्ने बताएका छन् ।...
हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

हेटौंडा १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तिवारी विजय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१२ वडाको रिक्त रहेको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका अर्जुन तिवारीले २०६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत ल्याए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए । यसैगरी उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । १ हजार ३ सय ९८ मत प्राप्त गरे । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ म...
हेटौँडा १२ मा उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भयो

हेटौँडा १२ मा उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भयो

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–१२ मा थानीय तह उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । आईतबार बिहान ७ बजेबाट मतदान सुरु भए संगै देलुका ५ बजे सम्म मतदान हुने छन् । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् । नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको कडा सुरक्षामा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको छ । भोर्ले स्थित विष्णु आधारभूत विद्यालय र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्याल...
स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु

स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा/ स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुने छ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था रहेको आयोगले जनाएको छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । आगामी आइतबार हुने उपनिर्वाचनमा ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मतदान हुन लागेको हो । चुनावका लागि मतदान गर्न १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् ।...
स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं / निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर ...
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा  पक्राउ पुर्जी

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, समाचार
काठमाण्डौ / रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।   गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए । चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"