मानव सेवा आश्रमले गरेको महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन
हेटौंडा / महायज्ञ प्रेसमिट हेटौंडा ९ स्थित मानव सेवा आश्रममा चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन भएको श्रीमत भागवत ज्ञान महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन भएको छ । रोल शनिवार मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै संकलित रकम सार्वजनिक गरेको हो ।
महाज्ञमा नगद , चेक र क्युवारबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो । यस्तै सरकारी निकाय, स्थानिय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता रकम रहेको सचिव पौडेलले बताउनुभयो । प्रतिबद्धता रकम मध्ये ७ लाख २५ हजार ७ सय २ रुपैंया संकलन भएको उहाँले बताउनुभयो । त्यसैगरी जिन्सि बरा...





