हेटौँडा १२ मा उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भयो
हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–१२ मा थानीय तह उपनिर्वाचन अन्तर्गत एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । आईतबार बिहान ७ बजेबाट मतदान सुरु भए संगै देलुका ५ बजे सम्म मतदान हुने छन् ।
वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् । नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको कडा सुरक्षामा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको छ । भोर्ले स्थित विष्णु आधारभूत विद्यालय र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्याल...





