गणतन्त्र दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी
हेटौंडा/ गणतन्त्र दिवस २०८१ को अवसरमा मंगलबार बिहान हेटौंडमा प्रभातफेरी कार्यक्रम भएको छ । बागमती प्रदेश मुल समारोह समितिको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवि मा।वि को प्राङ्गणमा भेला भई प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिसद कार्यलय, नेवा सास्कृतिक पुच, श्रम रोजगार तथा यातायात मन्त्रालय, उधोग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान, कृषि तथा पशुपन्क्षी मन्त्रालय, नेपाली सेना गोरख बहादुर गण, सशस्त्र प्रहरी १४ नम्बर गण, जिल्ला प्रहरी कार्यलय मकवानपुरद्वारा सयुक्त रुपमा ब्याण्ड बाजा सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममाएक हाजर देखि दूई हजार जनाको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शालिकराम जम्...








