पत्रकार महासंघले बुझाए मुख्यमन्त्री र मकवानपुरका जिल्ला प्रमुखलाई ज्ञापनपत्र
हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कार्बाही गर्न माग गरेको छ ।
पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्बाहीका लागि माग गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृह माथी भएको आक्रमण निन्दनीय भएको र दोसीलाई कार्बाही गर्नका लागि लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिकाका माग र पहलकदमी गर्ने समेत माग गर्नु भएको छ ।
यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार महासंघबाट प्राप्त ज्ञापनपत्र आजै गृहमन्त्रालयमा पठाइने र दोसीलाई कार्बाही गर्नका लाग...








