समाचार

पार्टीको निर्णय विपरीत मन्त्रि सपत ग्रहन गरेका बज्राचार्यलाई कारबाही गर्ने

पार्टीको निर्णय विपरीत मन्त्रि सपत ग्रहन गरेका बज्राचार्यलाई कारबाही गर्ने

Breaking news 3, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई हाम्रो नेपालि पार्टीले कारबाही गर्ने भएको छ ।     शुक्रबार पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै नव नियुक्त मन्त्री बज्राचार्यलाइ विश्वासको मत नदिने समेत जनाएको छ । पार्टी केन्द्रिय अध्यक्ष अनन्त राज घिमिरेले केन्द्रीय समितिको निर्णय विपरीत सत्ता गठबन्धनको मोहजालमा परी चैत १५ गते बागमति प्रदेश सरकारको मन्त्रि सपथ लिएको भन्दै कारबाही गर्ने बताए ।...
मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा आफ्नै दाई माथि कृष्ण बलले खुकुरी प्रहार गरेका छ । मनहरी वडा नम्बर ३ हाँडीखोलामा २६ बर्षिय बलले २८ बर्षिय क्पताल बललाई खुकुरी प्रहार गरी घाईते बनाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको जनाएको छ । उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

Breaking News 1, समाचार
हेटौंडा/ ६७औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित...
एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं/ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताए । ईमेज खबरबाट...
बुधबार सुनको मुल्य कति छ ?

बुधबार सुनको मुल्य कति छ ?

अर्थ, समाचार
काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।...
पाल्पामा पँधेरोमा नुहाउन गएकी १९ वर्षीया युवतीको हत्या

पाल्पामा पँधेरोमा नुहाउन गएकी १९ वर्षीया युवतीको हत्या

अपराध/ अनुसन्धान, समाचार
बुटवल / पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।   मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए । त्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । अनलाईन खबरबाट,...
मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

Breaking News 2, समाचार
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा नर्सिङ डाँडामा एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक पेम्बा रत्न तितुङ गम्भिर घाईते भएका छन् । नर्सिङ डाँडाबाट स्वास्थ्य चौकीको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको ७ नम्बर वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए । गम्भिर घाईते भएका तितुङको हेटौंडा सहकारी अस्पतालमा उपचार भई रहेको बताईएको छ ।...
दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

दोस्रो टी–२० अभ्यास खेलमा आज पहिलो ब्याटिङ गर्ने नेपालको निर्णय

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।    
मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

Breaking News 1, शिक्षा, समाचार
हेटौंडा/ माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते (बिहिबार) देखि २७ गते सम्म हुने भएको छ । मकवानपुरको १० वटा स्थानिय तह रहेकोमा ९ वटा पालिकामा २६ वटा एसईई परीक्षा केन्द्र रहेको छ । एसईई परीक्षा केन्द्र कैलाश गाउँपालिकामा भने तोकिएको छैन । भौतिक पुर्वाधारको पहुच नभएकोले कैलाशका परीक्षार्थिहरु राक्सिराङ गाउँपालिकाको परीक्षा केन्द्रमा सहभागि भई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ । मकवानपुरको ९९ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालयको ६ हजार १६३ जना विद्यार्थिहरु एसईई परीक्षामा सहभागि रहने जनाएको छ । जसमा ग्रेडवृद्धि तर्फ १४९ जना र प्राविधिक धार तर्फ २२४ जना विद्यार्थि रहेको इकाइले जनाएको छ ।...
मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मुख्य न्यायाधिवक्ता कार्यालय बागमती प्रदेश हेटौंडाकोे स्थापना समारोह हेटौंडामा भएको छ । सोमबार कार्यालयले ७ औँ स्थापना दिवस मनाएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाका प्रमुख ज्ञानेन्द्र नेपालको सभा अध्यक्षतामा स्थापना दिवस समारोह भएको थियो । प्रमुख अतिथि घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न न्यायधिवक्ता जिम्मेवार हुनुपर्ने र  उक्त कार्यालयले दिनु पर्ने सेवा सुविधाहरु परिस्कृत हुदै जानु पर्ने बताएका थिए । कार्यक्रममा कानुन अधिकृत लगाएतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"