समाचार

महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश स्तरीय आठौं महिला उद्यमी प्रदर्शनी शुक्रबार आज देखि सुरु भएको छ । उद्योग बाणिज्य संघ मकवानपुर र महिला उद्यमी बिकास समितिको आयोजनामा ५ दिने महिला उद्यमी प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो । बागमति प्रदेशका महिला उद्यमीकर्मीहरुले निर्माण तथा उत्पादन गरेका समाग्रिहरुको स्टल राखी प्रर्दशन गरेका थिए । प्रर्दशनि कार्यक्रम ६ गते सम्म चल्ने छ । कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण ब्यबसायी संघ अध्यक्ष बाल गोपाल कडेल, एकीकृत समाजबादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली र अन्य विभिन्न संघ संस्थाहरुको उपस्थित रहेको थियो ।...
सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न रहेको आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एबम् पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।  ...
अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्ततन्त्र विद्यार्थि युनियन मकवानपुरको कार्यालय बिहिबार स्थापना गरिएको छ । हेटौंडा ५ स्थित नेकपा एमाले पार्टी कार्यालयमा स्ववियुको कार्यालय स्थापना गरिएको हो । अनेरास्ववियु मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभा अध्यक्षता र अनेरास्ववियु केन्द्रिय सदस्य एवंम मकवानपुर जिल्ला ईन्चार्ज भुवन मैनालिको प्रमुख आतिथ्यतामा कार्यालयको स्थापना गरिएको थियो ।...
भीमफेदी गाउँपालिकामा स्काईभेटर आगलागी

भीमफेदी गाउँपालिकामा स्काईभेटर आगलागी

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा   स्काईभेटरमा आगलागी भएको छ । बुधबार भिमफेदि ३ नम्बर वडामा  सारम्सबालुबा उद्योग क्रसरको काम गर्ने क्रममा डि.एस.कन्ट्रक्सनको बा१ क ६६८७ नम्बरको स्काईभेटरमा आगलागी भएको हो । ग्रावेल पन्छाउने क्रममा  स्काईभेटरको हाईड्रोलिक पम्पमा  आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  प्रहरीका अनुसार आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीलेजनाएको छ ।...
राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने

राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने

राजनीति, समाचार
काठमाडौं/ राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतवारको दिन तोकेको जानकारी दिए । अध्यक्ष दाहालले समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन दिएका छन् । ईमेज खबरबाट,...
मकवानपुर बहुमुखी क्यापसमा विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन

मकवानपुर बहुमुखी क्यापसमा विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन

Breaking News 1, शिक्षा, समाचार
हेटौँडा/ बागमती प्रदेश सरकारले प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। देशभरकै प्रथम हुने गरी शिक्षा दिइरहेको मकवानपुर बहुमुखी क्यापसले विद्यार्थीहरूको लागि विशेष पहल गरेको छ। पछिल्लो एक साता देखि क्यापसले कक्षा १२ का विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। साँझ ४ बजेदेखि ६ बजेसम्म विद्यार्थीहरूलाई अंग्रेजी, एकाउन्टिङ जस्ता गाह्रो विषयहरूको अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। यस निःशुल्क अतिरिक्त कक्षाप्रति विद्यार्थीहरू खुसी देखिएका छन्। एक विद्यार्थीले भने, “बाहिरको इन्स्टिच्युटमा गएर पढ्ने सोचेको थिएँ, तर क्याम्पसमै यसरी अतिरिक्त कक्षा सञ्चालन गरिएकोले खुसी लागेको छ। आफ्नै शिक्षकहरूबाटै पढ्न पाउँदा राम्रो नतिजा आउने विश्वास छ।” अंग्रेजी विषयको अतिरिक्त कक्षा पढाइरहेका...
दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारीकोे ३० औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार भिमफेदी १ स्थित बुङदलमा सञ्चालन भएको साधारण सभामा बागमति प्रदेश सहकारी विकास र्बाेडका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष हरी प्रसाद कडेलको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संचालक समितिका अध्यक्ष कडेलले सहकारीको स्थापना काल देखि जिल्लाका सबै संस्थाहरुमा एकै रेटमा दुग्ध संकलन गरी बिक्रि गर्दै आएको प्रतिवेदन मार्फत जानकारी दिए । कोभिड १९ मा ठुलो क्षति ब्यहोरर्नुका साथै यस बर्षमा लम्पी स्किन पशुघातक रोगले मकवानपुरमा ६४० दुग्ध दिने पशु गुमाउनु परेको उनले बताए । दुग्ध बिक्रि र दुग्धको भुक्तानि लिने समस्या मुख्य चुनौति रहेको उनले बताए । यसै गरी लेखा सुपरिवेक्षण समितिको  संयोजक विर बहाद...
नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । अनलाईन खबरबाट साभार...
राप्रपाले दाहाललाई विश्वासको मत नदिने

राप्रपाले दाहाललाई विश्वासको मत नदिने

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । राप्रपाले प्रदेश सरकारहरूमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । ईकान्तिपुरबाट साभार ...
चालिस वर्ष देखि बदाम बेच्दै आएका चुन्नि शाह भन्छन ’ बाचुञ्जेल बदाम बेच्छु’

चालिस वर्ष देखि बदाम बेच्दै आएका चुन्नि शाह भन्छन ’ बाचुञ्जेल बदाम बेच्छु’

Breaking News 1, फिचर, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रा चौरमा बसोबास गर्ने चुन्नि शाह (छोटु) विगत ४० बर्ष देखि बदाम ब्यापार गर्दै आइरहेका छन् । दुइ सन्तानको बुवा निर्मला देविको श्रिमान चुन्नि छोटुको उमेर ५५ बर्ष पुगिसकेको छ । विगत चालीस वर्ष देखि बदाम, चटपटे ब्यापार गर्दै आएका उनले अझै यहि पेशालाई अंगालि रहेका छन् । हेटौंडा उपमहानगर परिसर भित्र रहेर बदाम ब्यापार गर्दा दिनमा २ हजार देखि ३ हजार सम्म कमाउने गरेको उनले बताए । जहाँ मेला, ब्यापार महोत्सव हुन्छ त्यहाँ बडी मात्रामा बदाम बिक्री हुने गरेको चुन्नी बताउछन । मेला महोत्सव लागेको बेला अन्य समयको तुलनामा निकै राम्रो आम्दानी हात पार्न सफल हुने गरेको उनले बताए । केहि समय अघि हेटौंडामा सञ्चालन भएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख लगानि गर्दा ७० हजार नाफा भएको र बागमति गाउँपालिकामा सञ्चालन भएको गोल्डकपमा ३ लाख लगानि गर्दा ८० ह...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"