Breaking news 3

“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

Breaking News 1, Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल एयरलाइन्सको जहाजलाई दक्षिण कोरियामा उडाउन सकेको खण्डमा मात्रै आफ्नो भ्रमण सफल हुने बताएका छन् । आइतबार दक्षिण कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महामन्त्री थापाले एस्तो बताएका हुन् । दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया उडाउनको लागि गरेको हाल सम्मको प्रयास बिफल भएकोले थापा समक्ष पहल गरिदिनको आग्रह गरेको थियो । उठेको प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउनको निम्ति पहल गर्ने वाचा गरेका छन् । थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै आफ्नो दक्षिण कोरियाको भ्रमण सफल हुने बताएका थिए । थापाले नेपाल ...
पोखरा स्कुल बस दुर्घटना – आमा छोराको मृत्यु

पोखरा स्कुल बस दुर्घटना – आमा छोराको मृत्यु

Breaking news 3, समाचार
पोखरा / पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो । यसअघि सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो । रातोपाटी बाट...
पूर्वाञ्चल सरोकार समाजको वार्षिक साधारण सभा तथा पोस्टर सार्वजनिक कार्यक्रम २८ जुलाईमा हुँदै

पूर्वाञ्चल सरोकार समाजको वार्षिक साधारण सभा तथा पोस्टर सार्वजनिक कार्यक्रम २८ जुलाईमा हुँदै

Breaking news 3, कोशी प्रदेश, प्रदेश १, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको २८ जुलाईमा वार्षिक साधारण सभा तथा आँउदो छुसकको अवसरमा आफ्नो मातहतको कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्ने भएको छ । समाजले सौलको दोङ्देमुन स्थित रहेको आफ्नै कार्यालयमा वार्षिक साधारण सभा तथा कार्यक्रमको पोष्टर सार्वजनिक गर्न लागिएको हो । “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१५ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया स्थापना भएको थियो । समाजले जुलाई २८ तारिख आइतबार दोङदेमुनमा रहेको आफ्नो कार्यालयको हलमा बिहान १०ः ३० बजे कोरियन पर्व छुसकको अवसरमा पूर्वाञ्चल सरोकार समाज आबद्ध संस्थाहरू द्वारा आयोजना गरिएका सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रमको पोष्टर सार्वजनिक तथा मध्यान्ह १२ः ०० बजे समाजको वार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको हो । समाजमा पूर्वका १४ जिल्ला र २ जातीय...
हेटौंडामा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरे

हेटौंडामा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरे

Breaking news 3, समाचार
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका ५ चिसापानीमा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । ६२ बर्षीय केशव भण्डारीले ५६ बर्षीय श्रीमती अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् ।     श्रीमतिको धारिलो घरेलु हतियारले हत्या गरि उनले झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोको प्रहरी टोली अहिले घटनास्थलमा रहेको र अनुसन्धान भइरहेको जनाइएको छ।...
फोनमनीले ल्यायो एक करोड वन जित्ने अफर

फोनमनीले ल्यायो एक करोड वन जित्ने अफर

Breaking news 3, अर्थ, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया । फोनमनी रेमिट्यान्सले दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर ल्याएको छ । एक करोड कोरियन वन जित्ने अफर आइताबार आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो । फोनमनीले “फोनमनी साथमा उपहार हातमा” भन्ने योजना अन्तर्गत एक करोड वन जित्ने अफर ल्याएको हो । आफ्नो ग्राहकहरुले बैंक खाता, नगद भुक्तानी , तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा समावेश गरिने बताइएको छ । यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने निश्चित योजनाको अफर पनि कम्पनीले सार्वजनिक गरेको छ । यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ । दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको फोनमनी र...
सिरिजंगा लिपिको युनिकोड निर्मानार्थ कियाचु दक्षिण कोरिया द्धारा २७ लाख रुपैयाँ हस्तान्तरण 

सिरिजंगा लिपिको युनिकोड निर्मानार्थ कियाचु दक्षिण कोरिया द्धारा २७ लाख रुपैयाँ हस्तान्तरण 

Breaking news 3, अर्थ, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन  दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया द्धारा किराँतीहरूको सिरिजंगा लिपिको युनिकोड निर्माण गर्नको लागि किरात याक्थुङ चुम्लुङ संघीय परिषद काठमाण्डौलाई २७ लाख २ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको छ । दक्षिण कोरियाबाट नेपाल पुगेका प्रतिनिधिहरू याक्थुङ चुम्लुङ छल्लादो शाखाका अध्यक्ष गणेश लिम्बू र सचिव भुपेन्द्र लिम्बुले संघीय परिषद अध्यक्ष प्रेम येक्तेनलाई  संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । चुम्लुङ दक्षिण कोरियाले केही समय अघि सिरिजंगा लिपिको युनिकोड निर्माणको उद्देश्य राखेर निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली कथानक चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । सोही चलचित्र प्रदर्शनीबाट मुनाफा भएको कुल रकम हस्तान्तरण गरिएको हो । युनिकोड निर्माण गर्नको लागि २५ लाख रुपैयाँ भन्दा धेरै लाग्ने भएकोले सो खर्च जुटाउने जिम्मा द...
एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई सम्मान

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई सम्मान

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थि तथा विद्यालयलाई (प्याब्सन) निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल मकवानपुर ले सम्मान गरेका छन् । शुक्रबार मकवानपुरका ३६ वटा विद्यालयका ३.६ भन्दा माथि जिपिए ल्याएका २५७ जना विद्यार्थिलाई प्याब्सनले सम्मान गरेका हुन् । जिल्लाकै उत्कृष्ट नतिजा ४ जिपिए ल्याएकी छात्रा रीतिका  छत्कुली र ३.९५ जिपिए ल्याएका छात्र हरि चन्द्र मुखियालाई नगत सहित सम्मान गरेका थिए । यसै गरी सम्मान कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको रहेको थियो ।...
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

Breaking news 3, मुख्य समाचार, समाचार
काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपतिमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । सन् १९९१ देखि उनले पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।  ...
किरात याक्थुङ चुम्लुङद्धारा ‘मनसरा’ चलचित्रको आय/ व्यय सार्वजनिक, २ करोड ७३ लाख कोरियन वन मुनाफा 

किरात याक्थुङ चुम्लुङद्धारा ‘मनसरा’ चलचित्रको आय/ व्यय सार्वजनिक, २ करोड ७३ लाख कोरियन वन मुनाफा 

Breaking news 3, अर्थ, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया / किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा प्रदर्शनी सम्पन्न भएको नेपाली कथानक चलचित्र मनसराको आय/ व्यव सार्वजनिक गरिएको छ । किराँतीहरूको लिपि सिरिजङ्गा लिपिको युनिकोड निर्मानार्थ प्रदर्शन गरिएको उक्त चलचित्रबाट योजना मुताबिक आयोजक संस्था सफल भएको देखिएको छ । लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । दक्षिण कोरियाको सौल, जेजु, जिन्जु र बुसान लगायतका सहरहरुमा आयोजक संस्था किरात याक्थुङ चुम्लुङलेनै प्रदर्शन गरिनुका साथै अन्य केही शहरहरूमा अन्य संस्थाहरूलाई प्रदर्शनको लागि अधिकार दिएको थियो ।  १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरिया राइटस् लिएको चुम्लुङले २ करोड ७३ लाख ८४ हजार ३ सय ८५ कोरियन वन मुनाफा गरेको छ । ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ ...
गौतम गोलेको दोस्रो कोसेली ‘छ्योर्तेन राम्रो’ सार्वजनिक

गौतम गोलेको दोस्रो कोसेली ‘छ्योर्तेन राम्रो’ सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
दक्षिण कोरिया / गौतम गोले अभिनयमा रहेको दोस्रो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो...’ सार्वजनिक भएको छ । भिडियोमा गौतम र मिनु मोक्तानको मुख्य अभिनयमा रहेका छन् । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो...’ बोलको भिडियो सार्वजनिक भएको हो । ‘छ्योर्तेन राम्रो...’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो । भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"