राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने – प्रदेश प्रमुख
हेटौंडा/ बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले फागुन ७ गतेको जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिनुुहुँदै उनले आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । निरंकुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको प्रदेश प्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आ–आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेको उहाँले सन्देश मार्फत बताएका छन् । दलहरु जुटेर नै राजनीतिक फड्को मारेकाले अब फेरि जुटेर मुलुकमा...







