प्रमुख समाचार

बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित

बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित

Breaking News 2, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । दक्षिण कोरियाको जेजु प्रान्तको हाल्लिममा भएको १३ औं पश्चिमा बहुसांस्कृतिक पारिवारिक सद्भाव महोत्सवको अवसरमा सहभागि ६ वटा देश मध्येबाट नेपालको तर्फबाट सामाजिक अभियान्ता प्रतिज्ञा लामा धनमाया नगद सहित सम्मानित भएको छ । बहुसांस्कृतिक केन्द्र हाल्लिम र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३५४ जिको सयुक्त आयोजनामा भएको उक्त महोत्सवमा नेपाल सहित ६ वटा मुलुकको सहभागिता रहेको थियो । लामालाई सामुदायिक बिकास, बहुसांसकृतिक परिवारको क्षेत्रमा योगदान र कोरियाली परिवारको क्षेत्रमा कुशलता पूर्वक सामाजिक टेवा पुर्याएको र अरुको लागि पनि उदाहरणिय पात्र बन्न सफल भएको भन्दै नगद तीन लाख कोरियन वन र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।   उक्त महोत्सवमा भियतनाम, कम्बोडिया, चाइना, कोरिया,फिलिपिन्स र नेपालको खानेकुराहरुको परिकारलाइ समेत निशुल्क बितरण गरिएको थियो । नगत सहित सम्मान प्राप्त...
बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

बाबुराम पक्षलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । बाबुराम पक्षलाई बाइपास गर्दै नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । शनिबार माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पमर्टी एकता प्रकृयाबाट एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी आजको बैठकमा समेत सहभागी थिएनन् । सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपा ९माओवादी केन्द्र० को तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय य...
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको लागि सिफारिस

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको लागि सिफारिस

Breaking news 3, प्रमुख समाचार, समाज
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाहीको लागि सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।...
क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

Breaking News 1, प्रमुख समाचार, समाज
काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो । क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन्...
रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । नेपाल सरकारले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।’...
राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । नेपाल सरकारले सिफारिस गरे अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।...
दक्षिण कोरियाको इन्छनमा सुतेकै अवस्थामा अस्ताए सोलुखुम्बु निवासी शेर्पा

दक्षिण कोरियाको इन्छनमा सुतेकै अवस्थामा अस्ताए सोलुखुम्बु निवासी शेर्पा

Breaking News 2, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । दक्षिण कोरियाको इन्छन गयराती सहरमा सुतेकै अवस्थामा सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका गार्मा ०७ स्थायी घर भएका ङवाङ शेर्पाको निधन भएको छ । भिजिट भिषामा सन् २०१८ मा दक्षिण कोरिया प्रवेश गरेका शेर्पा इन्छनको गिल्साङ म्योवङ क्षेत्रमा दैनिकी काम गर्दै आइरहेको सोलुखुम्बु सेवा समाज दक्षिण कोरियको सल्लाहकार युगेल तेण्डुप शेर्पाले जानकारी दिएका छन् । आज बिहान शेर्पा बस्दै आएको घरबेटीले शेर्पा सुतेकै अवस्थामा निधन भएको पुस्टी गरेको थियो । मृतक शेर्पाको परिवार सम्पर्कमा आएको छ ।  शेर्पाको विषयमा आवश्यक समन्वय गर्ने नेपाली राजदूताबासका द्धितिय सचिव सुर्य थापाले बताए ।  पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको सुतेकै अवस्थामा निधन हुने घटना बढ्दै गैरहेको छ ।...
अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यस...
राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालीन ...
दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारीकोे ३० औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार भिमफेदी १ स्थित बुङदलमा सञ्चालन भएको साधारण सभामा बागमति प्रदेश सहकारी विकास र्बाेडका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष हरी प्रसाद कडेलको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संचालक समितिका अध्यक्ष कडेलले सहकारीको स्थापना काल देखि जिल्लाका सबै संस्थाहरुमा एकै रेटमा दुग्ध संकलन गरी बिक्रि गर्दै आएको प्रतिवेदन मार्फत जानकारी दिए । कोभिड १९ मा ठुलो क्षति ब्यहोरर्नुका साथै यस बर्षमा लम्पी स्किन पशुघातक रोगले मकवानपुरमा ६४० दुग्ध दिने पशु गुमाउनु परेको उनले बताए । दुग्ध बिक्रि र दुग्धको भुक्तानि लिने समस्या मुख्य चुनौति रहेको उनले बताए । यसै गरी लेखा सुपरिवेक्षण समितिको  संयोजक विर बहाद...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"