नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाले यस वर्ष स्थानिय कलाकारहरुको साथमा मात्रै ल्होछार मनाउने भएको छ । घेदुङ बुसान शाखाले यस वर्ष नेपालको राष्ट्रिय पर्व एबम् तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व मञ्जुश्री संवत् २८६० डुक ल्होको अवसरमा सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा खिमे स्थित लुम्बिनी रेष्टुरेण्टको सभाहलमा शुभकामना आदान प्रदान संगै स्थानिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने भएको हो ।
शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भैसकेको समेत अध्यक्ष सोम योञ्जनले जानकारी दिएका छन् । घेदुङ बुसान शाखाले विगतको वर्षहरुमा नेपाल देखि अतिथी कलाकारहरु ल्याएर बृहत रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथ्यो तर यस वर्ष भने समय अभाव र केही प्राबिधीक कारणहरुले गर्दा नेपाल देखि कलाकार ल्याउन असमर्थ भएको अध्यक्ष य...








