प्रमुख समाचार

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । नेपाल सरकारले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।’...
राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । नेपाल सरकारले सिफारिस गरे अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।...
दक्षिण कोरियाको इन्छनमा सुतेकै अवस्थामा अस्ताए सोलुखुम्बु निवासी शेर्पा

दक्षिण कोरियाको इन्छनमा सुतेकै अवस्थामा अस्ताए सोलुखुम्बु निवासी शेर्पा

Breaking News 2, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । दक्षिण कोरियाको इन्छन गयराती सहरमा सुतेकै अवस्थामा सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका गार्मा ०७ स्थायी घर भएका ङवाङ शेर्पाको निधन भएको छ । भिजिट भिषामा सन् २०१८ मा दक्षिण कोरिया प्रवेश गरेका शेर्पा इन्छनको गिल्साङ म्योवङ क्षेत्रमा दैनिकी काम गर्दै आइरहेको सोलुखुम्बु सेवा समाज दक्षिण कोरियको सल्लाहकार युगेल तेण्डुप शेर्पाले जानकारी दिएका छन् । आज बिहान शेर्पा बस्दै आएको घरबेटीले शेर्पा सुतेकै अवस्थामा निधन भएको पुस्टी गरेको थियो । मृतक शेर्पाको परिवार सम्पर्कमा आएको छ ।  शेर्पाको विषयमा आवश्यक समन्वय गर्ने नेपाली राजदूताबासका द्धितिय सचिव सुर्य थापाले बताए ।  पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको सुतेकै अवस्थामा निधन हुने घटना बढ्दै गैरहेको छ ।...
अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यस...
राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालीन ...
दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारीकोे ३० औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार भिमफेदी १ स्थित बुङदलमा सञ्चालन भएको साधारण सभामा बागमति प्रदेश सहकारी विकास र्बाेडका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष हरी प्रसाद कडेलको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संचालक समितिका अध्यक्ष कडेलले सहकारीको स्थापना काल देखि जिल्लाका सबै संस्थाहरुमा एकै रेटमा दुग्ध संकलन गरी बिक्रि गर्दै आएको प्रतिवेदन मार्फत जानकारी दिए । कोभिड १९ मा ठुलो क्षति ब्यहोरर्नुका साथै यस बर्षमा लम्पी स्किन पशुघातक रोगले मकवानपुरमा ६४० दुग्ध दिने पशु गुमाउनु परेको उनले बताए । दुग्ध बिक्रि र दुग्धको भुक्तानि लिने समस्या मुख्य चुनौति रहेको उनले बताए । यसै गरी लेखा सुपरिवेक्षण समितिको  संयोजक विर बहाद...
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा सुन तस्करिमा

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा सुन तस्करिमा

Breaking News 1, प्रमुख समाचार, समाचार
काठमाडौँ / पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा  तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुनतस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् । तत्कालीनउपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएकोचार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको छ ।  पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल(रेशम), पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुरथापाका छोरा प्रतीकजस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय थिए । भुटानीशरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी रसुन तस्करीम...
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । सिटौला केही समय अघि सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित भएर राष्ट्रिय सभामा प्रवेश गरेका नयाँ अनुहार हुन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । सिटौला गएको प्रतिनिधीसभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन संग पराजित भएका थिए ।...
लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए । राष्ट्रिय मुक्ति...
भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट थापा पक्राउ

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट थापा पक्राउ

Breaking news 3, प्रमुख समाचार, समाचार
काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए । प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ । रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"