प्रकास तितुङको “सोनाम ल्होछार आयो है” बोलको गीत सार्वजानिक
शुभराज भोम्जन
दक्षिण कोरिया । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत अनि स्वरमा तयार भएको “सोनाम ल्होछार आयो है” बोलको गीत म्युजिक भिडीयो सहित मंगलबार सार्बजानिक भएको छ । प्रकास तितुङ अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको उक्त गीतमा नोर्बु सेर्पाको एरेञ्ज रहनुका साथै गायिका सुुमिना लोले प्रकासलाई आवाजमा साथ दिएकी छिन् ।
भिडीयोमा प्रकास तितुङ आफै देखिएका छन भने उनलाई नायिका सुस्मा मोक्तानले साथ दिएकी छिन् । भर्खर सार्वजानिक भएको गीतको मिक्सीङ दिपेश प्रधानले गरेका छन् भने भिडीयोको कोरियोग्राफी अभि लामाले गरेका छन् । त्यसैगरी गीतको भिडीयोको खिचाई र निर्देशन सुर्य लामाले गरेका छन् । गीतको शब्द तयार पार्न विजय पाख्रीनले साथ दिएका छन् । स्थायी घर मकवानपुरको मनहरी भई काठमाण्डौंमा रहेर संगीतमा संघर्ष गरिरहेका तितुङले तामाङ सेलो जगतमा नया स्वाद थपिदिएका छन् ।
उनको स्वर र संगी...








