प्रमुख समाचार

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको-गृहमन्त्री

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको-गृहमन्त्री

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौँडा / गृहमन्त्री रमेश लेखकले समृद्धि र सुशासनको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको बताएका छन् । मंगलबारदेखि हेटौंडामा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको उनको भनाई छ । गृहमन्त्री लेखकले आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् । उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीहरुको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताएका छन् । । निर्माण व्यवसायीहरुलाई आफ्नो काममा लगनशील भएर लाग्न आग्रह गर्दै गृहमन्त्री लेखकले ढिलै भएपनि बाँकी रहेको भुक्तानी दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यसै गरी फागुन १८ गतेसम्म चल्ने महोत्सवमा निर्माण उपकरण...
राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने – प्रदेश प्रमुख

राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने – प्रदेश प्रमुख

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले फागुन ७ गतेको जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिनुुहुँदै उनले आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । निरंकुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको प्रदेश प्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आ–आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेको उहाँले सन्देश मार्फत बताएका छन् । दलहरु जुटेर नै राजनीतिक फड्को मारेकाले अब फेरि जुटेर मुलुकमा...
आज ७५औं प्रजातन्त्र दिवस

आज ७५औं प्रजातन्त्र दिवस

Breaking News 2, प्रमुख समाचार, समाचार
आज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।...
बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारको बजेट खर्च उत्साह जनक देखिएको छ भने विकास निर्माणमा वित्तीय प्रगति निराशाजनक रहेको छ । बागमतीको चालुतर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता सहित कार्यालय व्यवस्थापनका लागि खर्च चएको देखिन्छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ ।   माघ मसान्त सम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसमध्ये १३ अर्ब भएको आर्थिक मामिला तथा योजनामन्त्रालयले जानकारी दिएको छ । गत पुस मसान्त सम्म १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्त सम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झन्डै ८ अर्ब रुपैयाँ बढी निकासा छ । कुल बजेट खर्च मध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ...
भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने – प्रचण्ड

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा / पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताएका छन् । बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको समेत दाबी गर्नुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा ...
मैले मेरो गीत अरू कसैले गाउनै पाउँदैन भनेको होइन : गायक लोप्चन

मैले मेरो गीत अरू कसैले गाउनै पाउँदैन भनेको होइन : गायक लोप्चन

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
हेटौंडा। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार आस्मान लोप्चनको शब्द, संगीत, र स्वरमा रहेको “मक्कै त भुट्यो फुल उठ्यो, बल्ल पो तामाङको हुल उठ्यो” बोलको गीत एक व्यक्तिले गाएको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो। उक्त भिडियोका आधारमा गायक लोप्चनले आफ्नो गीतलाई विभिन्न भोकल रिमुभर एपहरूको प्रयोग गरेर जबरजस्ती ट्र्याक बनाएर, गीतको मौलिक भाव भङ्गीलाई समेत तोडमोड गर्दै गाइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका थिए। गायक लोप्चनले यो विषयलाई तामाङ कलाकार संघसमक्ष ध्यानाकर्षण गराएपछि, संघले प्रतिलिपि अधिकारको विषयलाई लिएर विज्ञप्ति समेत जारी गरेको थियो। उक्त विज्ञप्ति सार्वजनिक भएपछि पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया देखिएको छ। लाबा मिडियाले गायक लोप्चनसँग यस विषयमा कुराकानी गर्दा उनले आफ्नो गीत अरू कसैले गाउनै नपाउने भनेको नभई, युट्युबबाट डाउनलोड ...
आगामी फाल्गुन ४ गते देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुदैं

आगामी फाल्गुन ४ गते देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुदैं

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी लोकतान्त्रिक चोकमा प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुने भएको छ । बुधबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फाल्गुन ४, ५ र ६ गते तिन दिने महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो । संस्कार संस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानिय व्यापार कृषि उपज उत्पादनलाई प्रवर्धन गरौं भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भयो । पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनु भएको छ । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्धन गर्न र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो । महोत्सवमा स्था...
हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले “ह्याङलान काईरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडा–१०, टिसिएन चौरमा बिहीबार महोत्सव आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममै विभिन्न क्षेत्रबाट तामाङ सँस्कृतिको जगेर्ना तथा योगदान गरेको भन्दै सञ्चारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो । यसैगरी सँँस्कृतिक कार्यक्रमम...
आज सोनाम ल्होछार , हेटौंडामा बृहत साँस्कृतिक कार्यक्रम सहितको ल्होछार कार्यक्रमको आयोजना

आज सोनाम ल्होछार , हेटौंडामा बृहत साँस्कृतिक कार्यक्रम सहितको ल्होछार कार्यक्रमको आयोजना

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक २८६१ डुल , सा पुख्री ल्हो वर्गसोनाम ल्होछार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि ल्होछार म...
वाईबा तामाङ समाज मकवानपुरद्धारा  सोनाम ल्होछारको शुभकामना आदानप्रदान

वाईबा तामाङ समाज मकवानपुरद्धारा सोनाम ल्होछारको शुभकामना आदानप्रदान

Breaking News 2, प्रमुख समाचार, समाचार
हेटौंडा/  वाईबा तामाङ समाज मकवानपुरले सोनाम ल्होछार, डुल ल्हो (सर्प) वर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बुधबार हेटौंडा १५ रातोमाटेमा समाजले ल्होछारको अवसरमा चियापान सहितको भेटघाट कार्यक्रमको आयोजना गरेको हो । तामाङ समाज मकवानपुरका अध्यक्ष हर्क सिं वाईबाको सभा अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थर विशेषका तामाङ संघ, संस्थाहरुले आफ्नो नयाँ पुस्तालाई शिक्षा प्राप्तिमा विशेष जोड दिन आग्रह गरेका छन् । हरेक क्षेत्रमा अघि बढ्न शिक्षा पहिलो आधार भएकाले यसमा जोड दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा ल्या...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"