उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित
काठमाडौँ / मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दिएका थिए । यसका साथै निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल...








