किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सौदेन
शुभराज भोम्जन
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आइतबार सम्पन्न भएको १३ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको पूर्वी नेपाल दक्षिण कोरियाको सभाहलमा भएको अधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मनोज मादेम्बा चयन हुनुका साथै उपाध्यक्षहरूमा दुर्गा चेम्जोङ, बिराज एक्तेन, रमेश लक्सम, सरोज योङहाङ, बिरेन लिङदेन र माङसालुङमा तुम्बापो चयन भएका छन् । संस्थाको महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डिबि योङहाङ, सह सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह कोषाध्यक्षमा राजन सौदेन चयन भएका छन् ।
त्यसैगरी संस्थाको सदस्यहरूमा समिर योङहाङ ,मणि संयङ लिम्बू ,रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बू, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ , बुद्धि वल लिम्बू, प...








