प्रमुख समाचार

नेपाल गोरखा परिवारको आयोजनामा मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रम हुदै

नेपाल गोरखा परिवारको आयोजनामा मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रम हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन  दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा आउदो मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ ।   बृहत भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने जनाएको छ । सहभागि हुनको लागि निस्चित शुल्क तोकिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि पुरुष र महिलाको शुल्क फरक÷फरक तोकिएको छ जसमा पुरुषको लागि ९० हजार कोरियन वन ताृेकिएको छन् भने महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ । त्यसैगरी जोडी सहभागिको लागि १ लाख ५० हजार कोरियन वन तय गरिएको छ । उक्त बनभोज कार्यक्रम कोरियाको 소귀골백운산장 강북구181삼양로206길 भन्ने स्थानमा हुने आयोजकाले जनाएको छ । नेपाल गोरखा परिवार दक्षिण कोरियाले गत वर्ष पनि बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा सहभागि ह...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
बोम्जन गुरुङ दक्षिण कोरिया । कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔 मा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण ग...
अर्थ सहसचिव शाक्यले पायो धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

अर्थ सहसचिव शाक्यले पायो धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

Breaking news 3, अर्थ, प्रमुख समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । अहिले अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ । संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा छ, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’ यही बुँदाका कारण शाक्यले तत्कालका लागि ...
मधेस प्रदेशसभा बैठकमा हानाहान

मधेस प्रदेशसभा बैठकमा हानाहान

Breaking News 1, प्रमुख समाचार, मधेश प्रदेश, राजनीति
वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो । यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए । सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो । जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।...
बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

Breaking News 2, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । विगत लामो समयदेखि स्टारेमिटको नामबाट सञ्चालनमा रहेको स्टारेमिट कम्पनीको नाम परिवर्तन भई फोनमनी रेमिटको नामबाट बम्पर अफर सहित सेवा सुचारु भएको छ । रेमिट सेवा र नेपालको दुईवटा बैंकहरुको सेवा समेत प्रदान गर्नेगरी फोनमनी रेमिटले आफ्नो सेवा सुचारु गरेको हो । फोनमनी रेमिटले दक्षिण कोरियाको सौल स्थित दोङदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रिय कार्यालय मार्फत सेवाको सुचारु गरेको हो । रेमिट सेवा संगै इ-सेवा सम्बन्धी सेवाहरु दक्षिण कोरियाबाटै लिन सकिने छ । फोनमनी रेमिटबाट नेपालको लक्ष्मी सनराइज बैंकको  OrangeNxt एप र नबिल बैंकको सेवा लिन सकिने छ । फोनमनीले नेपालको इ-सेवा मनीट्रान्सफर संग सहकार्य गरेर नेपालीहरुलाई छिटो र भरपर्दो तरिकाले पैसा पठाउने व्यवस्था गरेको छ । फोनमनी रेमिटबाट पैसा पठाउदा हालको लागि सर्भिस चार्ज नलाग्नेगरी सेवा प्रदान गरिरहेको बजार व्यवस्थापन प्रमुख ...
“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।...
दीपेन्द्र ऐरीले रनआउट गराए हङ्कङका कप्तान निजाकत खानलाई

दीपेन्द्र ऐरीले रनआउट गराए हङ्कङका कप्तान निजाकत खानलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको दोस्रो विकेट लिएको छ । हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।तेस्रो नम्बरमा क्रिज समाल्न आएका निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको छ ।...
सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आय व्यय सार्वजनिक, एक करोड ६२ लाख कोरियन वन मुनाफा, दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा नेपाली एक करोड पुर्याउने लक्ष्य

सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आय व्यय सार्वजनिक, एक करोड ६२ लाख कोरियन वन मुनाफा, दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा नेपाली एक करोड पुर्याउने लक्ष्य

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा गत फेब्रुअरी ९ तारिकमा गरिएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४ को आय व्यय सार्वजनिक तथा समिक्षा बैठक आइताबार सम्पन्न भएको छ । घेदुङले आफ्नो मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको उक्त साँस्कृतिक कार्यक्रमबाट एक करोड ६२ लाख ४१ हजार ९ सय ९३ कोरियन वन मुनाफा भएको कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरिएको आर्थिक प्रतिवदनमा उल्लेख गरिएको छ । घेदुङ दक्षिण कोरियाले आपतकालिन् राहत कोष स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट मुनाफा भएको रकमबाट ५० लाख कोरियन वन आपतकालिन राहतकोषमा जम्मा गर्ने निर्णय भएको जनाएको छ । त्यसैगरी गत वर्षको ल्होछार कार्यक्रमबाट मुनाफा भएको एक करोड वन भन्दा बढी रकमको स्थापना गरिएको दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा ११ लाख कोरियन वन ज...
थेजन नेपाली समाजको आयोजनामा हुने शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा

थेजन नेपाली समाजको आयोजनामा हुने शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । थेजन नेपाली समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान/प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष रमेश थापा मगरले जानकारी दिएका छन् । दक्षिण कोरियाको थेजन क्षेत्रमा रहेका नेपालीहरुको साँझा संगठन थेजन नेपाली समाजले नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा यहि सनिबार १३ अप्रिलको दिन साँझ ६ बजे देखि राती ११ बजे सम्म शुभकामना आदान/प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । थेजन स्थित रहेको नेपाली कम्युनिटी सेण्टरको हलमा हुन लागेको उक्त कार्यक्रमको तयारी पुरा भइसकेको र कार्यक्रममा सहभागि हुनको लागि थेजन आसपास रहेको नेपालीहरुलाई आयोजकले आग्रह समेत गरेका छन् । ई.सं. २०१५ मा स्थापना भएको समाजले थेजन आसपासमा रहेका नेपालीहरुको बिचमा बिबिध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।...
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले २४ औँ वार्षिककोत्सव अप्रिल १३ मा मनाउदै

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले २४ औँ वार्षिककोत्सव अप्रिल १३ मा मनाउदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २४ औँ वार्षिकोत्सव यहि सनिबार अप्रिल १३ मा मनाउने भएको छ । दक्षिण कोरियामा छरिएर रहेका लिम्बु समुदायको साँझा संस्था चुम्लुङले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा आन्तरिक रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको हो । दक्षिण कोरियाको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने उक्त कार्यक्रममा केन्द्रिय कार्यसमिति र क्षेत्रीय कार्यसमितिको पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहनुका साथै संस्थाका सल्लाहकार र लिम्बु समुदाय भित्रको थुप्रै ब्यक्तिहरुको बाक्लो सहभागिता रहने चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताएका छन् । सनिबार साँझ ६ः३० बजेदेखि सुरुहुने कार्यक्रममा संस्थाको आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै संस्थाका संस्थापकहरुलाई सम्मान समेत गरिने जनाएको छ । त्यसैगर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"