सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै
शुभराज भोम्जन
दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा 'दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४' हुने भएको छ । स्वास्थ्य, विचार र व्यवहार, खेलकुदनै मुख्य आधार भन्ने मुल नाराका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा आँउदो जुलाई १४ तारिखको दिन दोश्रो खप्तड भलिबल प्रतियोगिता हुन लागेको हो ।
सुवन शहर नजिकै रहेको आजु विश्वविद्यालयको भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । प्रतियोपगतामा सहभागि भई प्रथम हुने समुहलाई २० लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उप विजेता हुने समुहलाई १२ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिनुका साथै सान्त्वना हुने दुई समुहलाई ४/ ४ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी,...








