‘साम्बा’ भोलि हेटौंडामा सम्मानित हुँदै
हेटौंडा / नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ साउन १७ गते हेटौंडामा सम्मानित हुँदैछिन् । ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने कार्यक्रममा हेटौंडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने जनाएको छ ।
फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने छ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशीले गरेका छन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशियाबाहिर चिनाएकी छन् । उनले फ्रान्स, भारत, माल्दिभ्स हुँदै हाल न्युजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छिन् । कार्यक्रममार्फत उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने आयोजकले जनाएका छन् ।
सञ...







