समाचार

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको – राष्ट्रपति पौडेल

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको – राष्ट्रपति पौडेल

Breaking news 3, समाचार
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएको छ । तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएको हो । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताए । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा ‘यस्ता पर्वहरूमध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दशैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’ उल्लेख छ । ‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उ...
सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो । नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशालामा उपस्थित भएका छन् । ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।...
रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

रास्वपाले निकाल्यो हेटौंडामा खबरदारी तथा विरोध र्याली

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध हेटौंडामा खबरदारी तथा विरोध र्याली  निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी युवा सङ्गठन मकवानपुरको आयोजनामा सोमबार रास्वपा केन्द्रिय सदस्य रबि लामिछाने पक्राउ तथा राजनीतिक प्रतिशोध , अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार विरोध र्याली निकालिएको हो । उक्त र्याली द्रुत कार्य टोलि बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा विरोध र्याली निकालिएको हो । बिरोध र्यालिमा करिव २५० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाधि नाराबाजी गर्दै र्याली सुरु गरेको थियो । उक्त र्यालिमा भ्रष्ट सरकार चाहिदैन,नेपाली जनता के भन्छ बिधिको शासन ले भन्छ , –दलाल माफिया होसियार , –दुई तिहाइको पाराले दुख पाए साराले ,भ्रष्ट सेक्ने आशामा राष्...
कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त सहकारी घोषणा

कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त सहकारी घोषणा

Breaking news 3, अपराध/ अनुसन्धान, अर्थ, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो । मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए । काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शक सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए । बागमती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।...
बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरिएको बताएको हो । मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्री पौडेलको सचिवालयले जनाएको छ । नेपालमा ११ प्रतिशतको क्यान्सरका कारण मृत्यु हुने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सरकारले क्यान्सर उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बु...
हेटौंडामा लाईभ सेलो साँझ , प्रकाश र सुमीना को प्रस्तुतिमा झुमिए दर्शक

हेटौंडामा लाईभ सेलो साँझ , प्रकाश र सुमीना को प्रस्तुतिमा झुमिए दर्शक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ मकवानपुर जिल्लामा प्रथम पटक लाईभ सेलो साँझ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । एक तामाङ घर एक डम्फु भन्ने मुल नाराका साथ डम्फु र टुङ्गना प्रशिक्षण सहयोगार्थ लाईभ सेलो साँझ कार्यक्रको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र तामाङ कलाकार संघको सहयोग र ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रा.लि द्धारा आयोजित कार्यक्रममा चर्चित गायक प्रकाश तामाङ तितुङ र गायिका सुमिना लो तामाङले आफ्नो भव्य रुपमा प्रस्तुति दिएका थिए । उनिहरुले तामाङ सेलो गित जगतमा ख्याति प्राप्त क्याम्साङ गैरीला आङीला जामे हाई नक्कली, नक्कली कान्छिलाई राख्छु सुखले,ज्यान च्याङ्बा,कदुमी ख्लाङ्बा रुलुलु, सप्तरङ्गि भाई टिका लगायत सेलो गितलाई प्रस्तुत गरेका थिए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा सञ्चालन गरिएको थियो । सेलो साँझमा रम्न ६ सय भन्दा माथि दर्शकहरुको उपस्थित रहेको थियो । सेलो गित प्र...
पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ मकवानपुरले इन्ड पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । क्लबले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न कार्यक्रम गरिने सम्बन्धमा जानकारी दिएको हो । रोटरीले बार्षिक रुपमा अक्टोबर २४ तारिखलाई पोलियो दिवसको रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिशरु गदै आएको बताए । ७ वटै प्रदेशमा रोटरीले इन्ड पोलियो नाउ विषेश अभियान संचालन गर्न लागएको बताएका छन् । रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने र कार्तिक ८ गते विहान ७ वजे साईकल यालीको आयोजना गरिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघ देखि सुरु हुने साईकल ¥याली नगर परिक्रमा गरी समापन ...
बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौँडा/ बागमती प्रदेशमा स्वास्थ्य उपचार निशुल्क गरिने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरि निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।...
पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय

पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।...
हेटौंडामा आइपुग्यो मेची–महाकाली राष्ट्रिय अभियान,

हेटौंडामा आइपुग्यो मेची–महाकाली राष्ट्रिय अभियान,

Breaking News 1, समाचार
हेटौंडा/ सडक आश्रित मानवको उद्धार गर्न आयोजना गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियान हेटौंडामा आइपुगेका छन् । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा मङ्गलबार हेटौंडामा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियान कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सेवाभावले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रदेश सरकारले पनि आश्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । सडक मानवमुक्त गर्ने अभियान आफैँमा उत्कृष्ट काम भएको बताउँदै सीमित स्रोतको परिचालन गर्दै व्यवस्थापन गर्नु पनि चुनौतीको विषय भएको जिकिर गरेका छन् । यसै गरी गमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताए । मानव सेवा आश्रम र आनी छोइ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"