बागमती प्रदेश प्रमुख देवकोटाद्धारा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त
हेटौंडा / बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरे ।
इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु गरेको हो । सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गरेका छन् । “बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ” सन्देशम...







