नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित
हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न निर्वाचनमा अधिकारीले उनका निकटतम प्रतिद्वन्द्वीहरु ३ जनालाई हराउदै अध्यक्षमा निर्वाचित भएको हो ।
उनले ४५ मत प्राप्त गर्दा अर्का निकटतम प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत, पोष्टराज अधिकारीले २० मत, सुरेश श्रेष्ठले ३ मत गरे । यसै गरी महासंघको उपाध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनले ५५ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षमा भावना रिजाल निर्वाचित भएका छन् । ५५ मतसहित रिजाल निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गरे ।महासंघको सचिवमा केशव सुवेदी ७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्न्दी इन्द्रप्रसाद बञ्जाराले ३३ मत मात्र प्र...







