Breaking news 3

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनले संगठनको अध्यक्ष बाट राजिनाम दिएका छन् । संस्थापक अध्यक्षको रुपमा कृयाशिल रहेको भोम्जनले व्यक्तिगत तथा केही सांगठानिक कारण देखाई अध्यक्षबाट राजिनाम दिएका हुन् । भोम्जनले सेप्टेम्बर २ को मितिमा संगठनको उपाध्यक्ष रमेश थापा मगर मार्फत बुझाएको राजिनाम सेप्टेम्बर ६ मा बसेको संगठनको पूर्ण बैठकले राजिनामा स्विकृत गरेको हो । भोम्जनको राजिनाम स्विकृत भएसंगै महासचिव राजु राईलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकिएको छ । त्यसैगरी अन्य जिम्मेवारीहरुमा यथावत राख्दै महासचिवमा घनश्याम अधिकारी र सचिवमा अमिर योञ्जनलाई जिम्मेवारी तोकिएको छ । भोम्जन लाबा मिडिया प्रालिको सञ्चालक रहुनुका साथै अन्य थुप्रै सामाजिक संघ संस्थाहरुमा कृयाशिल हुँदै आइरहेका छन् । भोम्जनले आफ्नो राजिनामा पत...
कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र, ब्शान शाखा, जेजुदो शाखा, छल्लादो शाखाको सयुक्त आयोजनामा हुन लागेको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सेप्टेम्बर ६ र ७ मा छुङछङनाम्दोको थेआन्गुनमा हुन लागेको बृहत बनभोज कार्यक्रममा लिम्बू समुदायको परिकारहरुको स्वाद संगै मौलिक संस्कृति यालाङ केलाङको साथमा रम्न पाउने छ । संस्थाको रजत जयन्तीको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कोरियाको बिभिन्न स्थानहरुबाट लिम्बू समदुय तथा गैर लिम्बू समुदायको व्यक्तिहरुको सहभागिता रहने छ । बनभोज कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन संगै सुवनबाट बसको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ । त्यसैगरी बनभोज कार्यक्रममा सहभागि हुनको लागि शुल्क लाग्ने जनाएको छ । आयोजकले बताए अनुसार बनभोज कार्यक्रममा सहभागि ...
दक्षिण कोरियामा नेपाली श्रमिकलाई न्याय

दक्षिण कोरियामा नेपाली श्रमिकलाई न्याय

Breaking news 3, दक्षिण कोरिया, समाचार
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरको निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरीमा आत्महत्या भएको घटनामा अदालतले दोषीलाई सजाय सुनाएको छ। मोक्पो अदालतले अगस्ट २० मा फैसला गर्दै फर्म मालिकलाई दुई वर्ष कैद र १० लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको हो ।यो निर्णय प्रवासी श्रमिक र अधिकारकर्मीहरूको निरन्तर दबाब र आन्दोलनको परिणाम हो। तर अझै पनि श्रमिकहरूले कार्यस्थलमा दुर्व्यवहार र भेदभाव झेल्नुपरेको भन्दै अधिकारकर्मीहरूले वास्तविक सुधारका लागि दबाब जारी राख्ने बताएका छन् । एमटियुले यो फैसलालाई श्रमिकलाई हेप्न सकिँदैन भन्ने सन्देशका रूपमा लिँदै सेप्टेम्बर २१ मा सउलमा आयोजना हुने राष्ट्रिय जुलुसमा सबै श्रमिकलाई सहभागी हुन आह्वान गरेको छ ।...
बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

Breaking news 3, प्रमुख समाचार, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा प्रहरी कर्मचारीहरुको लागि आँखा जाँच शिविर आयोजना गरिएको छ । प्रदेश प्रहरी कार्यालयकोे आयोजनामा भएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा एक सय ६० जना प्रहरी जवान तथा अधिकृतहरुको आँखा जाँच गरिएको थियो । २० जनालाई थप उपचारको लागि अस्पताल जान सुझाव दिइएको छ ।  शिविरमा आँखा जाँचका साथैे निःशुल्क औषधि पनि वितरण गरिएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । हेटौडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुकोलागि बिभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । अस्पतालले यसअघि विद्यालयका विद्यार्थी र कार्यस्थलमा कामदारहरुको आँखा जाँच गर्दै आएको छ ।...
बागमती प्रदेश राष्ट्रिय वन ऐन संशोधनबारे मानव अधिकारकर्मी र पत्रकारबीच छलफल

बागमती प्रदेश राष्ट्रिय वन ऐन संशोधनबारे मानव अधिकारकर्मी र पत्रकारबीच छलफल

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेश राष्ट्रिय वन ऐनको संशोधनबारे सुझाव संकलन गर्न मंगलबार मकवानपुरमा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ । प्राकृतिक स्रोत महिला अधिकार सञ्जालकी केन्द्रीय अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागीहरूले ऐनमा राख्नु नपर्ने र थप गर्नुपर्ने विषयमा विस्तृत सुझाव प्रस्तुत गरे । वन संवर्धन प्रणालीको परिभाषा, सामुदायिक वनबाट विक्री हुने वनपैदावारमा कर वा शुल्क लगाउने व्यवस्था, संघीय कानूनबाट हटाइसकेको चकला वन सम्बन्धी प्रावधान, कृषि हानीकारक वन्यजन्तु सम्बन्धी व्यवस्था, समुदायमा आधारित उपभोक्ता समूहको परिभाषा, सामुदायिक वनलाई एकीकृत गर्ने व्यवस्था र दर्ता भएको वन क्षेत्र स्वतः राष्ट्रिय वन हुने प्रावधान प्रदेश ऐनमा नराख्नुपर्ने धारणा र...
हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

Breaking news 3, समाचार, समाज
हेटौंडा/ हेटौंडा–१३/ निवासी स्तन क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कालिका मावि हेटौंडा १३ व्यव्स्थापन समितिका अध्यक्ष महिला उद्यमी तथा सामाजिक अभियान्ता संगीता वाइवाको अगुवाइमा सञ्चालन गरिएको एक महिने सहयोग अभियानमार्फत संकलित रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित थिङलाई प्रदान गरिएको हो । वाइवाको सक्रियता र मानवीय संवेदनाबाट प्रेरित भएर सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ । कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, समाजसेवी फेन्चु रुम्बा लगायतको उपस्थित रहेको थियो । विगत पाँच वर्षदेखि पातली माया थिङको उपचारमा साथ दिँदै आएकी वाइवाले क्यान्सरको दीर्घकालीन उपचार खर्च थाम्न नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जाललाई माध्यम बनाएर सहयोगको अपिल गर्नु भएको थियो । उहाँका अनुसा...
विश्व आदिवासी दिवस, इतिहास, उद्देश्य र वर्तमान अवस्था

विश्व आदिवासी दिवस, इतिहास, उद्देश्य र वर्तमान अवस्था

Breaking news 3, विचार/ लेख/रचना/ साहित्य
शुभराज भोम्जन प्रस्तावना प्रत्येक वर्षको अगस्ट ९ तारिख विश्वभरि आदिवासी समुदायले “विश्व आदिवासी दिवस” को रूपमा मनाउने गर्दछन् । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ । यस वर्षको अगष्ट ९ तारिख देखि ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गर्दैछ । यो दिवसले आदिवासी जनजातिहरूको पहिचान, संस्कृति, भाषा, भूमिका र योगदानलाई सम्मान गर्ने एउटा अवसर प्रदान गर्दछ। साथै, यस दिनले विगतमा भोगिएका अन्याय, दमन र बहिष्कार विरुद्ध आवाज उठाउँदै अधिकार सुनिश्चित गर्ने आन्दोलन लाई सशक्त बनाउने काम गर्छ । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ । ऐतिहासिक पृष्ठभूमि विश्व आदिवासी दिवसको थालनी संयुक्त राष्ट्रसंघ को पहलमा भएको हो। सन् १९८२ मा संयुक्त राष्ट्रसंघको (Working Group on Indigenous Populations)  को पहिलो बैठक अगस्ट ९ मा बसेको स्मरणमा, सन् १९९४ मा राष्ट्रसंघको महासभाले अगस्ट ९...
वाईसीएल मकवानपुरद्वारा बकैया गाउँपालिकामा भलिबल ग्राउन्ड निर्माणमा श्रमदान

वाईसीएल मकवानपुरद्वारा बकैया गाउँपालिकामा भलिबल ग्राउन्ड निर्माणमा श्रमदान

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  “श्रम तथा उत्पादनमा वाईसीएल” भन्ने मूल नाराका साथ वाईसीएल नेपाल मकवानपुरले श्रमदान कार्यक्रम सञ्चालन गरेको छ । वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा सञ्चालित दुई महिनाको श्रम अभियान अन्तर्गत मकवानपुरमा यो अभियान अघि बढाइएको हो । कार्यक्रम अन्तर्गत बकैया गाउँपालिका–८ स्थित ‘सहित स्मृति भलिबल ग्राउन्ड’ निर्माणका लागि श्रमदान गरिएको हो । ग्राउन्ड निर्माण कार्यमा वाईसीएलका सदस्यहरूसहित पार्टी पदाधिकारी, स्थानीय जनप्रतिनिधि र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । श्रमदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य तथा मकवानपुर जिल्ला फ्याक्सन इन्चार्ज सुमन पाख्रिन, वाईसीएल नेपाल केन्द्रीय सदस्यहरू कमल अर्याल र दिपेन्द्र अधिकारी, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, पार्टीका गाउँ कमिटी अध्यक्ष बिमल नेपाल, वाईसीएल नेपाल बाग्मती प्रदेश सह–सचिव विष...
हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत हेटौँडा १३ नम्बर वडा क्षेत्रमा मेवा खेती प्रवद्र्धनका लागि आवश्यक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाको सभाअध्यक्षतामा भएको एक समारोहका बिच कृषि सामाग्रि हूतान्तरण गरिएको हो ।   समुदायमा आधारित उक्त परियोजना ५५ लाख ७७ हजार २१७ रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । जसमध्ये कृषि मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३० रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाबाट ११ लाख १५ हजार ४४३ रुपैयाँ र कृषक समूहबाट २० प्रतिशत लागत साझेदारी गरिएको छ । कार्यक्रम अन्तर्गत कृषकहरूलाई मल्चिङ प्लास्टिक, जैविक विषादी, हाते ट्याक्टर, चारपांग्रे ट्याक्टर, अर्थगर, ड्रायर मेसिन, पीएच मिटर, स्प्रे पम्प, थोपा सिँचाइ प्रणाली, टनेल संरचन...
पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक समेत रहेका पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । पाठक साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"